back
CTIZAN AD

दलको विधान संशोधन गर्दै रास्वपा

वि.सं.२०८३ भदौ ३ बुधवार

12 

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३ लाई आवश्यकताअनुसार संशोधन गर्ने भएको छ। यसका लागि पार्टीले कार्यदल गठन गरी विधान संशोधनको प्रस्ताव तयार गर्ने भएको हो।

आज बसेको पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछाने, शीर्ष नेता, मन्त्री तथा सांसदहरूबीच संसद् र सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

बैठकमा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलले सात दिनभित्र विधान संशोधनको प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए।

उनका अनुसार प्रस्तावित संशोधनमा सांसदहरूको संसदीय मर्यादा, जिम्मेवारी, जनताका आवाजलाई प्रभावकारी रूपमा संसद्मा उठाउने तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने विषय समेटिनेछन्।

बैठकमा सांसदहरूले जनताका गुनासा तथा आ–आफ्नो क्षेत्रसँग सम्बन्धित मन्त्रालयगत विषयसमेत उठाएका थिए। त्यसक्रममा सम्बन्धित मन्त्रीहरूले आफ्नो मन्त्रालयअन्तर्गत भइरहेका कामकारबाहीबारे जानकारी गराएका थिए।

सरकारका कामकारबाही जनतासमक्ष पुर्‍याउने क्रममा देखिएका दूरी तथा कमजोरी पहिचान गरी सुधार गर्ने विषयमा समेत बैठकमा छलफल भएको उपनेता पराजुलीले बताए।

रास्वपाले संसदीय दलको आन्तरिक कार्यप्रणालीलाई थप व्यवस्थित गर्दै सांसदहरूको भूमिका र जिम्मेवारीलाई प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन प्रक्रिया अघि बढाउन लागेको जनाएको छ।

वि.सं.२०८३ भदौ ३ बुधवार १६:१६ मा प्रकाशित

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...