काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको छ। बैंकले काठमाडौँको लाजिम्पाटस्थित भाडाको कार्यालयबाट बालुवाटारमा निर्माण गरिएको आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको हो।
बैंकको नवनिर्मित केन्द्रीय कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले गरेका छन् ।
नयाँ भवनमा केन्द्रीय कार्यालय स्थानान्तरणसँगै बैंकले आफ्नो यात्राको नयाँ अध्याय सुरु भएको जनाएको छ। यस अवसरमा बैंकले आफ्नो स्थापनादेखि हालसम्म निरन्तर विश्वास, सहयोग र समर्थन गर्दै आएका सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
आफ्नै भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको संस्थागत संरचना थप व्यवस्थित हुनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
गरिमा विकास बैंकले आफ्नै स्वामित्वको अत्याधुनिक कार्यालय भवन निर्माण गरी केन्द्रीय कार्यालय स्थानान्तरण गरेको हो। नयाँ कार्यालयबाट बैंकका प्रशासनिक तथा केन्द्रीयस्तरीय सम्पूर्ण कार्य सञ्चालन हुने जनाइएको छ।

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३९ मा प्रकाशित






























