back
CTIZAN AD

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

वि.सं.२०८३ भदौ २ मंगलवार

18 

shares

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवा विस्तार गर्ने क्रममा भदौ १ गते तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो।

नयाँ काउन्टर सञ्चालनमा आएसँगै पाल्पाका स्थानीयवासीले बैंकिङ सेवा लिन थप सहज हुने बैंकले जनाएको छ। काउन्टरमार्फत ग्राहकले सरल, सहज र आधुनिक बैंकिङ सुविधा प्राप्त गर्न सक्ने बैंकको विश्वास छ।

यस नयाँ काउन्टरसहित एभरेस्ट बैंकका एक्सटेन्सन काउन्टरको संख्या पाँच पुगेको छ। बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालको परिसरमा काउन्टर सञ्चालनमा आएसँगै अस्पतालमा आउने सेवाग्राही, कर्मचारी तथा आसपासका स्थानीयवासीलाई समेत बैंकिङ कारोबारमा थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १६:२७ मा प्रकाशित

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...