back
CTIZAN AD

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

वि.सं.२०८३ भदौ २ मंगलवार

12 

shares

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधी घटाउने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निश्कल राईले उठाएको प्रश्नको जवाफ दिँदै उनले विगतमा किसानको दूधको भुक्तानी अवधि आठ महिनाबाट घटाएर हाल तीन महिनामा झारिएको र आगामी दिनमा त्यसलाई अझ कम गर्ने जानकारी दिईन् ।

“भुक्तानी अवधिलाई अझै घटाएर भदौ अन्तिम साताभित्र २५ दिनमा पु¥याउने योजना रहेको छ । गत वैशाख २० गतेदेखी सोमबारसम्म किसानलाई रु ६० करोड बराबरको भुक्तानी किसानलाई गरेको छ,” मन्त्री चौधरीले भनिन् । उनका अनुसार विगत दुई आर्थिक वर्षमा दुग्ध विकास संस्थान (डिडिसी)ले साविकभन्दा बढी दूध खरिद गर्नुपरेको थियो । बिक्री नभएको बढी दूधलाई प्रशोधन गरी धुलो दूध र नौनी उत्पादन गरिए पनि त्यसको मौज्दात बढ्दा बिक्री तथा आम्दानीमा समस्या आएको र त्यसबाट किसानको भुक्तानी प्रभावित भएको मन्त्री चौधरीको भनाइ छ ।

संस्थानसँग दुग्ध तथा दुग्धजन्य पदार्थको ठूलो मौज्दात रहनु, अत्यधिक दूध प्रशोधनलागत, प्रशासनिक खर्च, कमजोर व्यवस्थापन तथा पुरानो संरचनालगायत कारण संस्थानको आर्थिक दायित्व बढेको मन्त्री चौधरीले बताईन् । उनले विगतमा किसानको भुक्तानीभन्दा प्रशासनिक खर्चलाई प्राथमिकता दिइँदा दूधको भुक्तानी अवधि लामो हुन पुगेको उल्लेख गरिन् ।

मन्त्री चौधरीका अनुसार देशभर डिडिसीलाई दूध आपूर्ति गर्ने दूध सहकारी संस्थाको सङ्ख्या २३५ रहेको छ । ती सहकारीमार्फत किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकमसमेत घटाउँदै लगिएको उनले जानकारी दिईन । “गएको दुई महिनादेखि संस्थानले आफ्नो सम्पूर्ण ध्यान किसानको भुक्तानीमा राखेको छ । त्यसका कारण हाल भुक्तानी सहज हुँदै गएको छ र सहकारीमा पनि संस्थानप्रति विश्वास जागृत हुँदै गएको छ,” मन्त्री चौधरीले भनिन् ।

मन्त्री चौधरीले संस्थानको अनावश्यक खर्च कटौती, बजारबाट उठ्न बाँकी रकम असुलीका लागि ताकेता तथा संस्थानमा मौज्दात रहेको दूध र दुग्धजन्य पदार्थलाई बजारीकरणमार्फत बिक्री गरी प्राप्त रकम किसानलाई नियमित भुक्तानीमा प्रयोग भइरहेको बताए । उनले डिडिसीको आर्थिक अवस्था सुधार, बजार व्यवस्थापन र किसानको भुक्तानीलाई नियमित बनाउन संस्थानको व्यवस्थापकीय तथा वित्तीय सुधारलाई प्राथमिकतामा राखिएको बताईन ।

यसअघि डिडिसीले किसानको बक्यौता भुक्तानी घटाउँदै दैनिक कारोबारबाट प्राप्त रकम किसानको भुक्तानीमा प्रयोग गर्ने नीति अघि सारेको थियो । मन्त्री चौधरीले संस्थानको आर्थिक अवस्था सुधार तथा किसानको दूधको बक्यौता भुक्तानी गर्न नेपाल सरकारबाट ४० करोड रुपैयाँ कर्जा लिने योजना रहेको बताईन । उनले किसानको भुक्तानीका लागि २० करोड र नयाँ प्रशोधन प्लान्ट स्थापनाका लागि २० करोड रुपैयाँ उपयोग गर्ने योजना रहेको जानकारी दिईन।

“आन्तरिक रूपमा प्रारम्भिक विश्लेषण गर्दा कुशल नेतृत्वको अभाव, कमजोर वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिताको कमी तथा गैरकानुनी आर्जन गर्ने मनोविज्ञानका कारण संस्था क्रमिक रूपमा धरासायी हुँदै गएको बुझाइ रहेको छ,” मन्त्री चौधरीले भनिन् ।

वि.सं.२०८३ भदौ २ मंगलवार १५:५५ मा प्रकाशित

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...