काठमाडौं । नेकपा एमालेले प्रदेश सभा सदस्यबागमतीको मुख्यमन्त्रीमा किरण थापालाई बनाउने एमालेको निर्णय बनाउने निर्णय गरेको छ। दिउँसो अघि बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्रीमा अघि बढाउने निर्णय गरेको हो।
मुख्यमन्त्री पदका लागि एमालेभित्र लामो समयदेखि देखिएको आन्तरिक विवाद र प्रतिस्पर्धाबीच संसदीय दलको बैठकले थापाको नाममा सहमति जुटाएको हो। थापासहित संसदीय दलका नेता जगन्नाथ थपलिया र प्रदेश सांसद केशव पोखरेलले पनि मुख्यमन्त्री पदमा दाबी गर्दै आएका थिए। थापा एमाले सचिव महेश बस्नेत निकट मानिन्छन् ।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको नयाँ सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले पाउने तय भएको थियो। त्यसपछि मुख्यमन्त्रीको उम्मेदवार छनोटलाई लिएर एमालेभित्र तीव्र प्रतिस्पर्धा र खिचातानी भएको थियो।
थापालाई मुख्यमन्त्री बनाउन एमालेभित्र संसदीय दलको नेता परिवर्तन गर्नेसम्मको तयारी भएको थियो । पार्टी नेतृत्वको छलफलपछि अन्ततः थापालाई मुख्यमन्त्रीमा अघि बढाउने निर्णय गरिएको हो।
बैठकले संसदीय दलका नेतामा भने जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय गरेको छ। मुख्यमन्त्रीका लागि थापालाई अघि बढाउने र संसदीय दलको नेतामा थपलियालाई कायम राख्ने निर्णयसँगै एमालेले बागमती प्रदेशको नेतृत्वसम्बन्धी विवाद तत्कालका लागि टुंग्याएको हो ।
वि.सं.२०८३ भदौ २ मंगलवार १६:०६ मा प्रकाशित






























