back
CTIZAN AD

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

वि.सं.२०८३ साउन १९ मंगलवार

981 

shares

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू भएको विवादले हिंसाको रूप लिएको छ । सुरक्षा निकायले प्रदर्शन नियन्त्रण गर्न असफल भएपछि सोमबार कफ्र्यु लागू भएको छ। एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। प्रहरीले २५ राउण्ड गोली चलाएको दाबी गरेको छ । यसले सामाजिक तनाव, आर्थिक अवरोध र नागरिक सुरक्षामा गम्भीर प्रभाव पारेको छ । सुनसरीको देवानगन्ज गाउँपालिका वडा नं. ३, कप्तानगन्जमा गत आइतबार (श्रावण १० गते/जुलाई २६) हिन्दू र मुस्लिम समुदायबिच भएको सामाजिक द्वन्द्व र त्यसपछिको झडपलाई भूराजनीतिक र सामाजिक–सुरक्षाको दृष्टिकोणबाट निम्नानुसार विश्लेषण गर्न सकिन्छः
कप्तानगन्ज क्षेत्र नेपाल–भारत खुला सिमानाको नजिक अवस्थित छ । सीमावर्ती क्षेत्रहरूमा हुने कुनै पनि साम्प्रदायिक तनावले अन्तरदेशीय सुरक्षा र सम्बन्धमा तत्काल असर पार्न सक्छ । भारतको बिहार राज्यसँग जोडिएको यस क्षेत्रमा हुने घटनाको लहर सीमापारि पनि फैलिन सक्ने वा सीमापारिका तत्वहरूले यसलाई दुरुपयोग गर्न सक्ने भूराजनीतिक जोखिम सधैं रहन्छ ।

स्थानीय रूपमा मोहरम पर्वको झन्डा हटाउने विषयको विवाद र बोलबम यात्राका क्रममा चर्को स्वरमा डिजे बाजा बजाउने विषयमा दुई पक्षबिच भनाभन सुरु भएको थियो । दक्षिण एसिया विशेष गरी भारत र नेपालको तराई क्षेत्रमा पछिल्लो समय धार्मिक साङ्केतिकता जस्तै झन्डा, लाउडस्पिकर, र धार्मिक ¥यालीहरू साम्प्रदायिक ध्रुवीकरणको हतियार बनिरहेका छन्, जसको प्रत्यक्ष छाया कप्तानगन्जमा देखिएको छ ।

घटना हुँदा सुनसरी जिल्लामा मुख्य सुरक्षा निकायहरू नेतृत्वविहीन हुनुले राज्यको तल्लो तहमा सुरक्षा संवेदनशीलताको कमजोरी उजागर गरेको छ । सशस्त्र प्रहरीका कमान्डरको पद रिक्त हुनु र नेपाल प्रहरीका जिल्ला प्रमुख बिदामा रहेका बेला स्थिति नियन्त्रण बाहिर जाँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भयो । यसले भूराजनीतिक रूपमा संवेदनशील क्षेत्रमा राज्यको फितलो सुरक्षा उपस्थितिलाई देखाउँछ, जसका कारण गृह मन्त्रालयले सीडीओ र सुरक्षा प्रमुखहरूलाई तत्काल फिर्ता गर्नु परेको थियो । झडपलाई नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो । घटनामा सुरक्षाकर्मी र सर्वसाधारणसहित दुई दर्जनभन्दा बढी मानिस घाइते भए । आक्रोशित भीडले विभिन्न स्थानीय पसल, तथा मुस्लिम समुदायका व्यवसायहरूमा तोडफोड, लुटपाट र आगजनी गरे । स्थिति नियन्त्रणमा लिन प्रशासनले हरिनगर, देवागन्ज लगायतका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु तथा निषेधाज्ञा जारी गर्यो । विद्यालय, कलेज, बजार र यातायात सेवा बन्द हुँदा जनजीवन कष्टकर बन्यो । दुई समुदायबीच अविश्वास र मनोवैज्ञानिक त्रास सिर्जना भयो । यद्यपि, स्थानीय अगुवा र बासिन्दाहरूले संयमता अपनाउँदै आपसी एकता कायम गर्न अपिल पनि गरेका छन् । यो तराइ मधेशका अन्य जिल्लामा पनि फैलिएको छ र जन धनको क्षति भएको कुरा सञ्चार माध्याममा आएका छन् ।

द्वन्द्वलाई केही उच्छृङ्खल समूह वा राजनीतिक स्वार्थ बोकेका तत्वहरूले धार्मिक र साम्प्रदायिक रूप दिन खोजे तापनि स्थानीय हिन्दू र मुस्लिम समुदायले सामूहिक रूपमा सद्भावको पक्षमा आवाज उठाएका छन् । स्थानीय बासिन्दाहरूले केही व्यक्तिको गल्तीलाई सिंगो समुदायसँग जोड्न नहुने भन्दै दशकौंदेखिको सहअस्तित्व जोगाउन अपिल गरेका छन् । सरकार र पीडित पक्षबिच भएको ७ बुँदे सहमति र स्थानीय तहको सक्रियताले बाह्य वा आन्तरिक तत्वहरूलाई यस घटनाबाट थप राजनीतिक फाइदा उठाउनबाट केही हदसम्म रोकेको छ । तर यति मात्र पर्याप्त छैन । यस्ता घटना पुनः दोहोरिन नदिन आर्थिक तथा सामाजिक कार्यक्रमका साथै सिमापारबाट अवैद्य नागरीक घुसपैठ रोक्न कडा सुरक्षा नीति अप्नाउनु पर्ने देखिन्छ ।

घटनापछि सामाजिक सञ्जालमा भ्रामक सूचना र उत्तेजक सामग्रीहरू तीव्र रूपमा फैलिएका छन् । यस्ता भ्रामक सूचनाहरूले स्थानीय विवादलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उचालेर दङ्गा भड्काउने प्रयास गर्छन् । जसलाई रोक्न प्रशासनले कफ्र्यु आदेश जारी गर्नुका साथै साइबर निगरानी बढाउनु परेको थियो ।

अन्त्यमा,
सुनसरी जिल्लाको कप्तानगन्जको झडप केवल एक स्थानीय डिजे बाजाको विवाद मात्र नभई खुला सिमाना, कमजोर सुरक्षा व्यवस्था, र सामाजिक सञ्जालको दुरुपयोगका कारण सिर्जना भएको एक संवेदनशील भूराजनीतिक र सामाजिक सुरक्षाको चुनौती हो । यस घटनाले स्थानीय जनजीवनमा गम्भीर असर पुर्याएको छ । यस घटनामा मानवीय क्षति हुनुका साथै सामाजिक सद्भावमा आघात पुगेको छ । यस घटना भडकाउनमा इण्डोपश्चिमा अदृश्य शक्तिको खेल रहेको कुरा आशंका गरिएको छ । सन् १९४७ को भारत–पाकिस्तान विभाजनको समयमा धपाइएका मुसलमानहरू, सन् १९७१ को बंगलादेश स्वतन्त्रता युद्धका बेला विस्थापित भएका बंगालीहरू र केही वर्ष अघि म्यानमारबाट खेदिएका रोहिङ्ग्याहरूलाई योजनाबद्ध रूपमा नेपालमा पठाइएको छ । नेपालको दक्षिणी सिमानाबाट विदेशी शरणार्थीहरूलाई तराइतिर ओइर्याउने र यहाँको सामाजिक एवं धार्मिक सद्भाव भडकाउने खेलमा अदृश्य शक्ति प्रत्यक्ष रुपमा संलग्न रहेको देखिन्छ । तराइ मधेशमा हालै देखिएको घटना कुनै आकस्मिक नभई इण्डोपश्चिमा अदृश्य शक्तिको दीर्घकालीन रणनीतिक स्वार्थ र चलखेलको हिस्सा रहेको कुरा स्पष्ट नै छ । यस्ता घटनाबाट नेपाल सरकार, राजनीतिक दल, स्थानीय सरकार, सुरक्षा बल, नागरीक समाज र विभिन्न धार्मीक समूह, जात जाति, समुदाय बेलैमा चनाखो हुनु पर्ने आवश्यक्ता देखिन्छ । यस घटनाको सत्य तथ्य छानवीन गर्न निश्पक्ष आयोग गठन गरी विदेशी शरणार्थीहरु जहॉबाट आएका हुन् त्येतैतिर फर्काउन यथाशिघ्र कडा कदम चाल्नु पर्ने देखिन्छ । यदि यस्तै फितलो सिमा सुरक्षा र कमजोर सरकारी प्रशासनिक संयन्त्र हुने हो भने नेपाल विदेशी शक्तिको क्रिडास्थल बन्ने खतरा धेरै समय कुर्नु पर्ने छैन ।

वि.सं.२०८३ साउन १९ मंगलवार १३:११ मा प्रकाशित

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

नेपाल सनातनी कालदेखि नै कृषिप्रधान मुलुकका रूपमा परिचित छ ।...

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

आजको आधुनिक युगमा मानिसको जीवनशैली जति सहज बन्दै गएको छ,...

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

अहिले नेपाली कम्युनिस्ट पार्टी र एमाले विच प्रदेश स्तरमा सहकार्य...