back
CTIZAN AD

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

वि.सं.२०८३ साउन १९ मंगलवार

87 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै गएको साइबर जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै डिजिटल वित्तीय अनुशासन पालना गर्न अपिल गरेको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सार्वजनिक गरेको सूचनामा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी तथा डिजिटल वालेटजस्ता सेवाको प्रयोग सुरक्षित बनाउन प्रयोगकर्ताले आफ्नो यूजरनेम, पासवर्ड, पिन र ओटीपी गोप्य राख्नुपर्नेमा जोड दिएको छ।

राष्ट्र बैंकका अनुसार डिजिटल कारोबारमा बलियो पासवर्ड र पिन प्रयोग गर्ने, बैंकिङ खाताको पासवर्ड अन्य इमेल वा सामाजिक सञ्जालका खाताभन्दा फरक राख्ने, मल्टी–फ्याक्टर अथेन्टिकेसन(MFA) प्रयोग गर्ने, आधिकारिक वेबसाइट र एप्लिकेसनबाट मात्र सेवा लिने तथा समय–समयमा पासवर्ड परिवर्तन गर्ने बानीले साइबर जोखिम न्यूनीकरण गर्न मद्दत पुग्छ। त्यस्तै अपरिचित एप डाउनलोड नगर्ने, अनावश्यक एक्सेस अनुमति नदिने, अपरिचित व्यक्तिसँग स्क्रिन सेयर नगर्ने तथा सार्वजनिक वा असुरक्षित वाईफाई प्रयोग गरेर वित्तीय कारोबार नगर्न पनि आग्रह गरिएको छ।

राष्ट्र बैंकले साइबर अपराधीहरूले सजिलै अनुमान गर्न सकिने पासवर्ड, नक्कली वेबसाइट वा एपमार्फत विवरण संकलन गर्ने, पासवर्ड क्र्याक गर्ने तथा एउटै पासवर्ड विभिन्न खातामा प्रयोग गरिएको अवस्थाको दुरुपयोग गरेर वित्तीय ठगी गर्ने भएकाले प्रयोगकर्ताले विशेष सतर्कता अपनाउनुपर्ने जनाएको छ।

डिजिटल बैंकिङ सेवाको प्रयोग निरन्तर बढिरहेका बेला डिजिटल साक्षरता र वित्तीय अनुशासनलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्र बैंकले सुरक्षित डिजिटल कारोबारका लागि सबै प्रयोगकर्तालाई जिम्मेवार बन्न आग्रह गरेको छ। साथै, डिजिटल बैंकिङसम्बन्धी गुनासा तथा ग्राहक संरक्षणका लागि राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमार्फत पनि सेवा उपलब्ध रहेको जनाएको छ।

वि.सं.२०८३ साउन १९ मंगलवार १२:४४ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...