back
CTIZAN AD

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

वि.सं.२०८३ भदौ ८ सोमवार

18 

shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका व्यक्तिसँग प्रहरीले लिएको भनिएको बयान तथा तस्करीमा संलग्न भएको भनिएकी महिलाको खानतलासीको भिडियो सार्वजनिक गर्ने कार्य तत्काल रोक्न माग गरेका छन्।

बलात्कारपछि हत्या गरिएकी बालिका गरिमा चौधरीको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एक व्यक्तिसँग प्रहरीले बयान लिइरहेको भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। त्यस्तै, तस्करीमा संलग्न भएको भनिएकी एक महिलाको खानतलासी गरिएको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै श्रेष्ठले आपत्ति जनाएका हुन्।

श्रेष्ठले गरिमा चौधरीको बलात्कार तथा हत्यामा संलग्न दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने आम जनताको माग स्वाभाविक भएको बताएका छन्। त्यस्तै, तस्करी वा अन्य कुनै अपराधमा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ।

तर अपराध अनुसन्धानका क्रममा प्रहरीले गरेको खानतलासी तथा अत्यन्त संवेदनशील विषयमा बयान लिइरहेको प्रत्यक्ष दृश्यसहितको भिडियो सार्वजनिक हुनु नितान्त गलत र गैरजिम्मेवार कार्य भएको श्रेष्ठले बताएका छन्।

उनले सामाजिक सञ्जालमा यस्ता सामग्री सार्वजनिक हुनुमा प्रहरीको योजना, अनुमति वा सहमति रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

‘प्रहरीले खानतलासी र अत्यन्त संवेदनशील विषयमा बयान लिएको प्रत्यक्ष दृश्यसहितको विवरण सार्वजनिक हुनु नितान्त गलत र गैरजिम्मेवार कार्य हो,’ श्रेष्ठले भनेका छन्।

श्रेष्ठले प्रहरी महानिरीक्षक र प्रहरी प्रधान कार्यालयलाई यस्तो कार्य तत्काल रोक्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गरेका छन्।

साथै, संवेदनशील अनुसन्धानसँग सम्बन्धित भिडियो कसरी सार्वजनिक भयो भन्ने विषयमा तत्काल छानबिन गरी दोषी देखिएका व्यक्ति वा निकायमाथि उपयुक्त कारबाही गर्नसमेत उनले माग गरेका छन्।

अपराधमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्ने प्रक्रिया र अनुसन्धानको गोपनीयता दुवैलाई समान रूपमा महत्व दिनुपर्ने भन्दै श्रेष्ठले प्रहरी प्रशासनलाई संवेदनशील हुन आग्रह गरेका छन्।

वि.सं.२०८३ भदौ ८ सोमवार १४:१६ मा प्रकाशित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...