back
CTIZAN AD

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

वि.सं.२०८३ भदौ ८ सोमवार

12 

shares

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव पर्यटन क्षेत्रमा सरोकार भएकाहरूले दिएका छन् ।
‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनीहरूले पर्यटन क्षेत्रको समग्र विकासमा जोड दिएका हुन् ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर्गेल्जे शेर्पाले सङ्घमा दुई हजार २६० जना आरोही, मजदुर तथा पर्यटन प्रवद्र्धनमा संलग्न व्यक्ति आबद्ध रहेका जानकारी दिँदै पर्यटन क्षेत्रका सबै समस्या सम्बोधन हुनुपर्नेमा जोड दिए ।

ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले वार्षिक तीन लाखभन्दा बढी पर्यटक पदयात्रामा जाने गरेका तथा त्यसमा तीन लाखभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाएका बताए । उनले पदयात्रा क्षेत्रलाई ध्यानमा राखेर कानुन निर्माण गर्न सुझाव दिए ।

सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोहीको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए । उनले आरोही कोष स्थापना हुनुपर्ने बताए ।

हिमालयन उद्धार सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले ‘फेक रेस्क्यु’अन्त्य गर्न कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, एक्सपिडिसन अपरेटरर्स एसोसिएसन नेपाललगायत पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाका प्रतिनिधिले विधेयकमाथि सुझाव दिएका थिए ।

बैठक समितिका सभापति सुम्निमा उदासको सभापतित्वमा भएको थियो ।

वि.सं.२०८३ भदौ ८ सोमवार १४:५६ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...