back
CTIZAN AD

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

वि.सं.२०८३ भदौ ८ सोमवार

shares

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै दोषीलाई कठोर सजायको व्यवस्था गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले हिंसाका घटना बढिरहेकाले त्यस्तो व्यवस्था अपरिहार्य भएको बताए । साथै,उनीहरुले सडक सुरक्षा, महिला तथा बालिकामाथि हुने हिंसा रोक्ने, विदेशमा मृत्यु भएकाको शव स्वदेश ल्याउने तथा विपद्पीडितलाई तत्काल राहत उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद ऐनबहादुर महरले सवारी चालक तथा साधनको लापरबाहीका कारण नागरिकले अकालमै ज्यान गुमाइरहेको बताउँदै सडक सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद विपिनकुमार आचार्यले विदेशमा रहेका नेपालीलाई अतिजरुरी काममा स्वदेश आउने व्यवस्था मिलाउन सरकार गम्भीर हुनुपर्ने बताए ।

सांसद प्रमिलाकुमारी गच्छदारले महिला सुरक्षासम्बन्धी ऐनकाुनन अविलम्ब सदनमा प्रस्तुत गर्न तथा बालिकाको सुरक्षाको प्रत्याभूतिको माग गर्नुभयो ।

सांसद टीका सङ्ग्रौलाले विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन समस्या भएकाले सरकार संवेदनशील भएर यो समस्या सधैँका निम्ति समाधान गर्नेतर्फ लाग्न सुझाईन ।

सांसद मनिष झाले जनकपुरमा पोखरी अतिक्रमण हटाउने प्रयास जारी रहेको बताउँदै सबै किसिमका अतिक्रमणलाई हटाउनुपर्नेमा जोड दिईन् ।

सांसदहरू श्रद्धा कुँवर, बालावती शर्मा, सन्तोष राजवंशी, खड्कबहादुर बुढाले, शाहजान खातुन, भरतबहादुर खड्का, प्रेमबहादुर बयेक, साजिदा खातुन सिद्धिकी, प्रकाश पाठक, नीनु कुमारी कर्ण, प्रमिला कुलुजु, रविन महतो, हरिमोहन भण्डारी र सोम शर्माले पनि बालिका हत्याको विषयमा निष्पक्ष छानबिन र कडा कारबाही तथा अन्य समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए ।

वि.सं.२०८३ भदौ ८ सोमवार १५:११ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...