back
CTIZAN AD

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

वि.सं.२०८३ भदौ ८ सोमवार

shares
जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा निवृत्त कर्मचारीलाई सहज भएको छ ।
निजामती कर्मचारीका लागि पहिलो पटक ई–पेन्सन सेवा सुरु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मञ्जित अछामीले जानकारी दिए । सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको ई–पेन्सन सेवा जुम्लामा पनि कार्यान्वयनमा ल्याएकामा गतवर्ष चारजना कर्मचारी त्यो सेवा प्राप्त गरेको उनको भनाइ छ ।
कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले चन्दननाथ नगरपालिकाबाट पहिलो सेवाग्राहीका रूपमा त्यस सेवा लिनुभएको जानकारी दिइएको छ । स्थानीय तहबाटै ई–पेन्सन सेवा उपलब्ध भएपछि काठमाडौँ जान पर्ने बाध्यता हटेको छ ।

वि.सं.२०८३ भदौ ८ सोमवार १३:३५ मा प्रकाशित

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...