back
CTIZAN AD

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

वि.सं.२०८३ भदौ ८ सोमवार

shares

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया, गुणस्तर मापदण्ड तथा उपभोक्ता संरक्षणसम्बन्धी एकदिने अभिमुखीकरण तथा कार्यशाला कार्यक्रम आयोजना हुने भएको छ।

महासंघका अनुसार कार्यक्रम भदौ १६ गते (मंगलबार) बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म काठमाडौंको बनस्थलीस्थित महासंघको केन्द्रीय कार्यालय मा सञ्चालन हुनेछ। सहभागी संख्या बढी भएमा कार्यक्रमको स्थान परिवर्तन गरी काठमाडौंकै अर्को उपयुक्त स्थानमा आयोजना गरिने जनाएको छ।

कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (DFTQC)  तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको समन्वय र सहकार्यमा सञ्चालन हुनेछ।

महासंघका अनुसार कफीको मूल्य शृङ्खलाअन्तर्गत ग्रीन बिन्स, रोस्टेड दाना तथा धुलो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण र निर्यातसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नेपाल सरकारका सम्बन्धित निकायबाट आवश्यक दर्ता, स्वीकृति र इजाजत लिनु अनिवार्य छ।

त्यस्तै ब्रान्ड, लोगो, अर्गानिक प्रमाणीकरण, कफीको उत्पत्ति, आयात–निर्यात, ब्रान्डिङ, पुनः प्याकेजिङ, अनलाइन तथा डिजिटल मार्केटिङ, स्पेसियालिटी कफी, क्याफे, रोस्टरी तथा बारिस्टा स्कुलसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दा पनि प्रचलित कानुन र सरकारी मापदण्ड पालना गर्नुपर्ने महासंघले जनाएको छ।

महासंघका अनुसार आवश्यक अनुमति र प्रमाणीकरणबिना कफीजन्य उत्पादन बिक्री–वितरण गरेमा अनुगमन, जरिवाना तथा कानुनी कारबाहीको जोखिम रहन्छ। त्यसैले उत्पादनको लेबल, प्याकेजिङ, बिक्री मूल्य, ब्याच नम्बर, उत्पादन तथा उपभोग मिति, कफीको उत्पत्ति र प्रशोधन प्रक्रियालगायत आवश्यक विवरण उल्लेख गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ।

यसै उद्देश्यका साथ महासंघका सदस्य तथा कफी व्यवसायसँग सम्बन्धित सरोकारवालालाई लक्षित गरी एकदिने सहजीकरण, अभिमुखीकरण तथा प्रशिक्षण गोष्ठी आयोजना गर्न लागिएको हो।

कार्यक्रम महासंघका सदस्य तथा कफी क्षेत्रसँग सम्बन्धित व्यवसायी, प्रशोधक, क्याफे सञ्चालक, साना उद्यमी, बारिस्टा स्कुल तथा अन्य सरोकारवालालाई लक्षित गरिएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुकले २०८३ भदौ १४ गते (आइतबार) भित्र अनलाइन फाराम भरेर आफ्नो सहभागिता सुनिश्चित गर्न महासंघले अनुरोध गरेको छ।

वि.सं.२०८३ भदौ ८ सोमवार २०:५३ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...