back
CTIZAN AD

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

वि.सं.२०८३ भदौ ८ सोमवार

15 

shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आगामी भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुने भएको छ। सम्मेलन नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बिहान ८ बजेदेखि अपराह्न ६ बजेसम्म सञ्चालन हुनेछ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनसार महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।

सम्मेलनमा विशेषगरी Startup, MSME तथा SME क्षेत्रमा कार्यरत महिला उद्यमीहरूबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र नेटवर्किङका विषयमा छलफल हुने जनाइएको छ।

कार्यक्रमसँगै नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी समेत आयोजना गरिने आयोजकले जनाएको छ। प्रदर्शनीमार्फत महिला उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर पाउनेछन्।

त्यसैगरी B2B तथा B2C Networking लाई समेत प्राथमिकता दिइने बताइएकाे छ। यसबाट महिला उद्यमीहरूलाई नयाँ ग्राहक, व्यवसायिक साझेदार, लगानीकर्ता तथा बजारसँग जोडिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एकदिने सम्मेलनमा महिला उद्यमशीलताका चुनौती, सम्भावना र अवसरबारे तीनवटा विषयगत प्यानल छलफल आयोजना गरिनेछ। छलफलमा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहनेछ।

सम्मेलनको अर्को आकर्षण ‘मेरो उद्यमशील यात्रा’ नामक Storytelling Session रहनेछ। उक्त सत्रमा सफल महिला उद्यमीहरूले आफ्नो उद्यम यात्रा, संघर्ष, चुनौती, सफलता र सिकाइ साझा गर्नेछन्। यसले नयाँ पुस्ताका महिला तथा उद्यमशीलतामा प्रवेश गर्न चाहनेहरूलाई प्रेरणा र व्यावहारिक मार्गदर्शन दिने आयोजकको विश्वास छ।

कार्यक्रममा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्र समेत सञ्चालन गरिनेछ। केन्द्रमार्फत व्यवसाय दर्ता, वित्तीय पहुँच, लगानी, सरकारी सेवा तथा उद्यम विस्तारका अवसरबारे जानकारी प्रदान गरिने छ।

आयोजकका अनुसार सम्मेलनमा १० हजारभन्दा बढी सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। सम्मेलनको समापनमा महिला उद्यमशीलतासँग सम्बन्धित प्रमुख सुझाव, प्रतिबद्धता तथा आगामी कार्यदिशा समेटिएको ‘Sanepa Declaration on Women’s Entrepreneurship’  सार्वजनिक गरिने  कार्यक्रम पनि रहेकाे छ।

वि.सं.२०८३ भदौ ८ सोमवार २०:३२ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...