back
CTIZAN AD

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

वि.सं.२०८३ साउन १९ मंगलवार

90 

shares

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव हटाउन उपभोक्तालाई आवश्यक नभएसम्म ग्यास भर्न नआउन आग्रह गरेको छ। संघले मंगलबार सार्वजनिक गरेको अपिलमार्फत बजारलाई सहज बनाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने जनाएको हो।

संघका अनुसार विगत केही समय तेस्रो मुलुकमा उत्पन्न भएको अप्रत्याशित परिस्थितिका कारण एलपी ग्यास आयात प्रभावित हुँदा उपभोक्ताको सहजताका लागि आधा सिलिन्डर ९७।१ केजी० ग्यास वितरण गरिएको थियो। अहिले भने अन्तर्राष्ट्रिय अवस्था सुधार भएसँगै ग्यास आयात पुनः नियमित भएको र उद्योगहरूले साविकझैँ १४।२ केजीको भरिएको सिलिन्डर उपलब्ध गराउन थालेका छन्।

यद्यपि आयात नियमित भए पनि बजारमा ग्यासको अभाव देखिनुको मुख्य कारण पछिल्लो सात महिनामा करिब ५५ हजार मेट्रिक टन ग्यास नियमित खपतभन्दा कम आयात हुनु र उपभोक्ताले आवश्यकताभन्दा धेरै समयका लागि आधा सिलिन्डर मौज्दात राख्नु रहेको संघले जनाएको छ। यसले बजारमा आपूर्ति सहज हुन समय लागेको संघको भनाइ छ।

संघले घरमा करिब एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न तथा विक्रेताले उपलब्ध ग्यास आवश्यक उपभोक्तालाई प्राथमिकताका साथ पारदर्शी र व्यवस्थित रूपमा वितरण गर्न आग्रह गरेको छ। साथै उद्योगहरूलाई बजारको मागअनुसार आवश्यक परिमाणमा ग्यास आपूर्ति गर्न र बजार सहज नहुन्जेल नियमितभन्दा बढी ग्यास आयात गर्न पनि आह्वान गरिएको छ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष कुन्जमान श्रेष्ठले सबै उद्योग, विक्रेता र उपभोक्ताले एकअर्कालाई सहयोग गरे छोटो समयमै ग्यासको बजार सहज हुने विश्वास व्यक्त गर्दै धैर्यता अपनाउन सबैमा अपिल गरेका छन्।

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२२ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...