काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्ने भएका छन्।
अर्थमन्त्रीको सचिवालका अनुसार बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा बैंकिङ क्षेत्रको भूमिका, वित्तीय बजारको वर्तमान अवस्था तथा अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा सुझाव लिन अर्थमन्त्रीले सिइओहरूलाई छलफलका लागि बोलाएका हुन् ।
अर्थ मन्त्रालयमा दिउँसो ३.०० बजे हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहने जनाइएको छ।
छलफलमा बजेट कार्यान्वयन, निजी क्षेत्रको कर्जा प्रवाह, लगानी विस्तार, बैंकिङ प्रणालीमा रहेको तरलता, वित्तीय क्षेत्रका चुनौती तथा आर्थिक गतिविधिलाई थप गतिशील बनाउने उपायबारे समेत विचार–विमर्श हुने अपेक्षा गरिएको छ।
वि.सं.२०८३ साउन १९ मंगलवार १३:३३ मा प्रकाशित






























