back
CTIZAN AD

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

वि.सं.२०८३ साउन १९ मंगलवार

174 

shares

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका क्षेत्रमा योगदान गरेका अग्रज तथा क्रियाशील लेखक, साहित्यकार, कलाकारहरुलाई सम्मान गरेको छ।

कार्यक्रममा साहित्य, कला, संगीत, चलचित्र, नाटक, जनसांस्कृतिक आन्दोलन तथा सामाजिक योगदानमार्फत् राष्ट्र र समाजका लागि उल्लेखनीय भूमिका निर्वाह गरेका ६१ स्रष्टा तथा कलाकारलाई विभिन्न विधामा सम्मान गरिएको हो। इन्द्रेणी सांस्कृतिक विकास केन्द्र, बुद्धनगरमा साउन १८ गते आयोजित सम्मान कार्यक्रमको सहआयोजकमा नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठान, रामेछाप तथा इन्द्रेणी सांस्कृतिक विकास केन्द्र रहेका थिए।

कार्यक्रममा जनवादी कला क्षेत्रका अग्रज स्रष्टाहरु जेबी टुहुरे, खुशीराम पाख्रिन र प्रमोद हमाललाई मरणोपरान्त स्रष्टा सम्मान अर्पण गरिएको थियो भने सहिद कृष्ण सेन ‘इच्छुक’ र चुनु गुरुङलाई प्रगतिशील बलिदान श्रष्टा सम्मान अर्पण गरिएको थियो।

त्यस्तै, वरिष्ठ प्रगतिशील श्रष्टा सम्मानबाट निनु चापागाई, मेघराज शर्मा ‘मन्जुल’, रामकृष्ण दुवाल, श्याम तमोट र जीवन शर्मालाई वरिष्ठ प्रगतिशील स्रष्टा सम्मान- २०८३ बाट सम्मान गरिएको थियो।

हाम्रो अदम्य क्रान्ति गीतका लागि गीतकार रामचन्द्र भट्टराई, संगीतकार माधव प्रधान, प्यारो जलजला गीतका लागि गायक ध्रुव ज्ञवाली, सहिदहरु हाँसिरहेको गीतका लागि सीता आचार्य, संगीतकार चन्दु गोर्खाली, नाटककार भरत बर्बरिक, कवि स्वप्निल स्मृति, नृत्य निर्देशक शान्ति कठायत, कलाकार नारायण शर्मा, वाद्यवादक गेम थापा ‘जटिल’, हाँस्यकलाकार खड्गबहादुर पुन ‘खबपु’लाई प्रगतिशील स्रष्टा सम्मान प्रदान गरिएको थियो। त्यस्तै नवोदित गायकरगायिका दिपक राई वान्तवा, अनु शर्मा र रफेला मर्हजनलाई पनि प्रगतिशील स्रष्टा सम्मान-२०८३ बाट सम्मान गरिएको थियो।

त्यसैगरि लेखक तथा कवि अमर गिरी, चलचित्र बलिदानका निर्माता श्याम सापकोटा, शेखर अर्याल, ईन्द्रेणी सांस्कृतिक समाज (इसास), गीति नाटक सिम्मा, उद्घोषक समष्टि बुढामगर, ललितकलाकर्मी नारदमणी हार्तम्छाली र चलचित्रकर्मी सुवास गजुरेललाई पनि प्रगतिशील स्रष्टा सम्मान-२०८३ बाट सम्मान गरिएको थियो।

त्यसैगरि देउडा गायक नन्दकृष्ण जोशी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, मल्लके सुन्दर, गायक तथा संगीतकार शम्भु राई, लोकगायक बद्री पङ्गेनी, पशुपति शर्मा, विष्णु खत्री, प्रकाश सपुत, हाँस्यकलाकार सुबोध गौतम, संगीतकार बीबी अनुरागी, बुलु मुकारुङ, सुरेश अधिकारी, सन्तोष श्रेष्ठ, गजल गायक थानेश्वर गौतम, चलचित्र निर्देशक नवल खड्का, मनोज पण्डित, बाँसुरीवादक रत्न विक, आर्टिस्ट सुन्दर श्रेष्ठ, लेखक दिवाकर भण्डारी, गायक बैकुण्ठ महत, संगीतकार राज सिग्देल, कवि राजभाई जकमी, गायिका लोचन भट्टराई, निर्मला घिसिङ, भिडियो निर्देशक पूजा ठकुरी, गायक ऋषि अधिकारी, प्रस्तोता राम अविरल, भिडियो एडिटर विनोद बम र लेखक भानु भण्डारीलाई जागरण स्रष्टा सम्मान‍-२०८३ बाट सम्मान गरिएको थियो।

नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठानका संस्थापक रमेशबाबु श्रेष्ठको अध्यक्षतामा भएको प्रगतिशील स्रष्टा सम्मान कार्यक्रमको उद्देश्य र औचित्यका बारेमा जनसांस्कृतिक महास‌ंघ नेपालका इन्चार्ज चिरन पुन र संयोजक भीम कुमाखीले चर्चा गरेका थिए भने सञ्चालन कुश्मा महरा ‘प्रगति’, बखत बहादुर हमाल ‘सुवर्ण’ र रमेश श्रेष्ठले गरेका थिए।

सो अवसरमा जनकलाकारहरु काशीराम बुढामगर ‘झन्कार’ मोहित श्रेष्ठ, धनु ज्ञाङ्मी, कुश्मा महरा ‘प्रगति’, शारदा लिम्बु, केशरी घर्तीमगर ‘एलिना’ कृष्ण विक ‘आँशु’, लक्ष्मण पाख्रिन, देवी बस्नेत र दिपक राई वान्तवा, प्रकाश रन्का र प्रगति हिङमाङले गाउँ गाउँबाट उठ, सिमली छायामा बसी, टुटफूट र खण्डित कुरा नगर बोलका कालजयी गीतहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा शान्ति कठायत र लक्ष्मी तामाङले नृत्य प्रस्तुत गरेका थिए भने कवि स्वप्निल स्मृतिले ‘१ मिनेट मौनधारण’ शीर्षकको कविता वाचन गरेका थिए। सम्मानित सष्ट्राहरुको तर्फबाट लेखक निनु चापागाईले धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रमको प्रायोजन मिलिजुली नौमति पञ्चेबाजा समूह, अग्रवाल सेक्युरिटिज नक्सालका सीईओ सुजन श्रेष्ठ, डल्लु आवासक्षेत्रस्थित टिम एक्सयलका सचिन्द्र चित्रकार, हाँडी बिरयानी तथा रैथाने भान्साका सञ्चालक पूजन नेपाल, होराइन स्पा एण्ड फेवा रोधी ठमेलका दिनेश लामाले गरेका थिए। कार्यक्रमको शुरुवातमा मिलिजुली नौमति पञ्चेबाजा समूहले आफ्नो प्रस्तुति देखाएको थियो।

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०० मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...