back
CTIZAN AD

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

वि.सं.२०८३ साउन १९ मंगलवार

30 

shares

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमान्डो तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्नेल योनातान नेतान्याहुको स्मृतिमा स्मारक अनावरण गरेको छ । यो कदमलाई सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ ।

युगान्डाका सैन्य प्रमुख जनरल मुहोजी कैनेरुगाबाले शनिबार एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बाहिर आक्रमणकारी राइफल समातेको योनातान नेतान्याहुको पूर्णकद मूर्तिको अनावरण गरेका हुन् । समारोहमा युगान्डाका व्यवसायी बराक ओरल्यान्डसहित इजरायली समुदायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । कैनेरुगाबा राष्ट्रपति योवेरी मुसेभेनीका जेठा छोरा तथा सम्भावित उत्तराधिकारी मानिन्छन् ।

स्मारक अनावरणपछि कैनेरुगाबाले योनातान नेतान्याहुको सम्झना केवल एक सैनिकको सम्मानमा सीमित नभई साहस, निर्दोष नागरिकको रक्षा गर्ने अटल प्रतिबद्धता र कर्तव्यप्रतिको समर्पणको प्रतीक भएको बताए ।

सन् १९७६ मा एयर फ्रान्सको एउटा विमान अपहरण गरी एन्टेबे ल्याइएपछि दुई प्यालेस्टिनी र दुई जर्मन अपहरणकर्ताले यहुदी तथा इजरायली यात्रुहरूलाई छुट्याएर इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा नगरे उनीहरूलाई हत्या गर्ने धम्की दिएका थिए । त्यसपछि करिब एक सातासम्म वार्ता चले पनि अन्ततः इजरायलले उद्धार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

जुलाई ३, १९७६ मा इजरायली कमान्डोहरू विमानस्थलमा प्रवेश गरी अधिकांश बन्धकलाई सुरक्षित उद्धार गर्न सफल भएका थिए । उद्धार अभियानका क्रममा क्रसफायरमा तीन बन्धकको मृत्यु भएको थियो भने योनातान नेतान्याहु अभियानमा मारिने एकमात्र इजरायली कमान्डो बन्नुभएको थियो । एक घण्टाभन्दा कम समय चलेको कारबाहीमा दर्जनौँ युगान्डाली सैनिक पनि मारिएका थिए ।

त्यतिबेला युगान्डामा शासन गरिरहेका इदी अमिनले इजरायलसँग सम्बन्ध विच्छेद गरी प्यालेस्टिनी आन्दोलनलाई समर्थन गरेका थिए । इजरायलको सफल उद्धार अभियानले अमिनलाई राजनीतिक रूपमा अप्ठ्यारोमा पारेको मानिन्छ । त्यसबेला अफ्रिकी एकताको सङ्गठन (हालको अफ्रिकी सङ्घ) ले उक्त कारबाहीलाई युगान्डाको सार्वभौमसत्तामाथिको हस्तक्षेप भन्दै आलोचना गरेको थियो ।

एन्टेबे उद्धार अभियान इजरायलको सैन्य इतिहासकै सबैभन्दा सफल कारबाहीमध्ये एक मानिन्छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसअघि आफ्ना दाजुको मृत्युले आफ्नै जीवनको दिशा परिवर्तन गरेको बताएका छन् ।

हाल युगान्डा र इजरायलबीच मैत्रीपूर्ण सम्बन्ध रहेको छ । राष्ट्रपति योवेरी मुसेभेनीले इजरायल–प्यालेस्टाइन द्वन्द्वको समाधानका लागि दुई–राष्ट्र अवधारणालाई समर्थन गर्दै आएका छन् ।

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५२ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...