back
CTIZAN AD

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

वि.सं.२०८३ साउन १९ मंगलवार

102 

shares

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक, पदाधिकारी र व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित भएका आधारहीन, एकपक्षीय र भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले विज्ञप्ति जारी गर्दै सत्यतथ्यको पर्याप्त पुष्टि नगरी प्रकाशित तथा प्रसारित सामग्रीले बैंकको संस्थागत छवि, कर्मचारीको मनोबल, सेवाग्राहीको विश्वास तथा नियामकीय प्रक्रियामा समेत नकारात्मक प्रभाव पार्ने उल्लेख गरेको छ। यस्ता समाचारप्रति बैंकले पूर्ण असहमति जनाउँदै तथ्यहीन सामग्रीको खण्डन गरेको छ।

विज्ञप्तिअनुसार बैंकभित्र कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा आवश्यक समायोजन, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया तथा नियमनजस्ता विषय नियमित प्रशासनिक र व्यवस्थापकीय प्रक्रियाअन्तर्गत सञ्चालन हुने भएकाले त्यसलाई आधारहीन ढंगले प्रस्तुत गर्नु उचित नभएको बैंकको भनाइ छ।

बैंकले हाल केही कर्जा फाइलसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान भइरहेको स्वीकार गर्दै सम्बन्धित मुद्दा सक्षम अदालतमा विचाराधीन रहेकाले नियामकीय व्यवस्था तथा कानुनी प्रक्रियाअनुसार आवश्यक आन्तरिक व्यवस्थापन गरिएको जनाएको छ। भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन थप सुधारात्मक कदम चालिने पनि बैंकले स्पष्ट पारेको छ।

त्यसैगरी, सञ्चालक समिति तथा व्यवस्थापनबाट हुने सबै निर्णय नेपाल राष्ट्र बैंकको निर्देशन, प्रचलित कानुन र संस्थागत मापदण्डअनुसार हुने उल्लेख गर्दै बैंकले सुशासन र पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रभु बैंकले सञ्चारमाध्यमलाई कुनै पनि समाचार प्रकाशित वा प्रसारण गर्नुअघि सम्बन्धित पक्षसँग तथ्य पुष्टि गर्न, विश्वसनीय स्रोतको प्रयोग गर्न तथा पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न आग्रह गरेको छ। अनुमान, अपुष्ट स्रोत वा एकपक्षीय जानकारीका आधारमा समाचार सम्प्रेषण गर्दा व्यक्ति, संस्था र समग्र वित्तीय प्रणालीमा अनावश्यक भ्रम सिर्जना हुन सक्ने बैंकको भनाइ छ।

बैंकले आफ्ना लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई बैंकको सेवा, सञ्चालन र वित्तीय अवस्था सुरक्षित, पारदर्शी र नियामकीय मापदण्डअनुरूप रहेको विश्वास दिलाउँदै आधिकारिक सूचना तथा विश्वसनीय स्रोतमा आधारित जानकारीलाई मात्र विश्वास गर्न आग्रह गरेको छ।

साथै, स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत सही सूचना सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीलाई प्रभु बैंकले अनुरोध गरेको छ।

वि.सं.२०८३ साउन १९ मंगलवार ११:२२ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...