back
CTIZAN AD

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

वि.सं.२०८३ साउन १९ मंगलवार

75 

shares

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी दुई नेपाली नागरिकको ज्यान गएको छ । रोमानियाको स्थानीय समय अनुसार आइतबार बिहान करिब ३:२१ बजे चिमी सडक खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।

बाकाउ आपत्कालीन सेवा निर्देशनालयका अनुसार, दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धारका लागि दमकल, एम्बुलेन्स र सघन उपचार मोबाइल युनिटसहितको टोली घटनास्थलमा पुगेको थियो । तर, उद्धार टोली पुग्दा दुवैजनाको घटनास्थलमै मृत्यु भइसकेको थियो ।

बाकाउले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘रेलको ठक्करबाट दुई व्यक्ति घाइते भएको जानकारी पाएसँगै हाम्रो टोली घटनास्थल पुगेको थियो । दुर्भाग्यवश, चिकित्सक टोलीले दुवैलाई मृत घोषित गर्‍यो ।’

प्रारम्भिक अनुसन्धानअनुसार मृतकहरू नेपाली नागरिक भएको खुलेको छ। यद्यपि, उनीहरूको विस्तृत पहिचान र नेपालमा ठेगाना भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

नेपालीहरू रेलको लिकमा कसरी पुगे र दुर्घटना कसरी भयो भन्नेबारे स्थानीय प्रहरी र रेलवे अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०९ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...