back
CTIZAN AD

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

वि.सं.२०८३ साउन १९ मंगलवार

69 

shares

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड जितेको छ । बैंकले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६’ मा तीन विधामा उत्कृष्टता हासिल गर्दै सफलता हात पारेको हो।

भारतको इण्डियन चेम्बर अफ कमर्सद्वारा नयाँदिल्लीमा आयोजित चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स कार्यक्रममा बैंकले ‘बेस्ट डेभलपमेन्ट बैंक अवार्ड’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ तथा ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ गरी तीनवटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो।

बिम्स्टेक क्षेत्रका नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाबीच भएको प्रतिस्पर्धामा शाइन रेसुंगाले एकैपटक तीन विधामा उत्कृष्टता हासिल गरेको हो। बैंकको वित्तीय अवस्था, संस्थागत सुशासन, नवप्रवर्तन, ग्राहक सेवा, नाफा आर्जन क्षमता, व्यवसायिक वृद्धि तथा समग्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

बैंकले प्राप्त गरेको यो सम्मानलाई नेपाली विकास बैंकिङ क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यस उपलब्धिले बैंकको वित्तीय अनुशासन, दिगो व्यवसायिक वृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी क्षमता प्रमाणित गरेको विश्वास व्यक्त गरिएको छ।

यो सम्मानले नेपाली विकास बैंकिङ क्षेत्रको विश्वसनीयता, अन्तर्राष्ट्रिय छवि तथा लगानीकर्ताको विश्वास अझ मजबुत बनाउन योगदान पुग्ने अपेक्षा पनि बैंकले गरेको जनाएको छ।

वि.सं.२०८३ साउन १९ मंगलवार १२:१२ मा प्रकाशित

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...