back
CTIZAN AD

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

वि.सं.२०८३ साउन १९ मंगलवार

48 

shares

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र वितरण प्रणालीलाई सहज बनाउन एलपी ग्यास उद्योग संघ नेपालले उपभोक्ता, विक्रेता र आयल निगमलाई एकजुट भएर सघाउन अपिल गरेको छ ।

संघको अनुसार ग्यास नपाएर घन्टौँ लाइन बस्नुपर्ने र भौतारिनुपर्ने बाध्यताबाट ध्यानकर्षण भएको जनाउँदै संघले बजारलाई चाँडै सामान्य बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने विज्ञाप्ती जारी गरेको हो ।

केही समयअघि तेस्रो मुलुकमा भएको द्वन्द्वका कारण ग्यास आयात प्रभावित हुँदा उपभोक्ताको सहजताका लागि ७.१ केजी अर्थात् आधा सिलिन्डर मात्र बिक्री गरिएको थियो। तर अहिले अन्तर्राष्ट्रिय परिस्थिति सुधारिएर आयात साविक बमोजिम नै नियमित भइसकेको छ। उपभोक्तालाई थप आर्थिक भार नपरोस् भनेर पुनः १४.२ केजीकै भरी सिलिन्डर बिक्री सुरु गरिसकिएको संघले स्पष्ट पारेको छ ।

आयात नियमित भइसक्दा पनि बजार सहज नहुनुमा विगत चार महिनामा नियमित खपतभन्दा करिब ४५ हजार मेट्रिक टन कम ग्यास आयात हुनु मुख्य कारण रहेको छ । साथै लामो समयसम्म आधा सिलिन्डर बिक्री गरिनु र अब ग्यास नै पाइँदैन कि भन्ने त्रासका कारण उपभोक्ताले एकैपटक सबै खाली सिलिन्डर भर्न खोज्दा बजारमा थप चाप परेको देखिन्छ ।

यस्तो अवस्थामा ग्यासको आपूर्ति छिट्टै सहज बनाउन संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले कम्तीमा एक महिनालाई पुग्ने ग्यास स्टक भएका उपभोक्ताहरूलाई तत्काल लाइनमा नबसिदिन आग्रह गरेका छन् । विक्रेताले पनि उपलब्ध ग्यास पारदर्शी र व्यवस्थित ढङ्गले वितरण गर्नुपर्नेछ भने उद्योगहरूले सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखेर ग्यास बजारमा पठाउनुपर्नेछ। यस्तै आयल निगमले पनि बजार पूर्ण रूपमा सहज नहुञ्जेल नियमितभन्दा बढी ग्यास आयात गर्नुपर्ने छ । सबै पक्षले आ–आफ्नो ठाउँबाट इमानदार भएर सहयोग गरेमा निकै छोटो समयमै ग्यासको समस्या हल हुने विश्वास संघले व्यक्त गरेको छ ।

वि.सं.२०८३ साउन १९ मंगलवार १३:५८ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...