back
CTIZAN AD

ग्यास, अभाव देखि जङ्गली जनावर आतंकको व्यवस्थापन विषयमा सरकारको ध्यानाकर्षण

वि.सं.२०८३ भदौ २ मंगलवार

12 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद् र जङ्गली जनावरको आतङ्कको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण भएको छ ।

बैठकको शून्य समयमा सांसदहरूले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराइका हुन् ।

सांसद बुद्धरत्न महर्जनले जनतालाई स्वास्थ्य, बाटो, बीउ, र रासायनिक मलमा तत्काल सुविधा दिन सरकारसँग माग गरे ।

सांसद बासना थापाले सामान्य जनतालाई महँगीले छाक टार्न गाह्रो भएको बताइन् ।सांसद बलावती शर्माले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउनेसम्मको अवस्थाको अन्त्य गर्न माग गरिन्।

शून्य समयमा सांसदहरू बिना गुरूङ, बुद्धिप्रसाद पन्त, बसुमाया तामाङ, भरतकुमार स्वार, भरतप्रसाद पराजुली, भरतबहादुर खड्का, भीमकुमार बुढामगर, मदनकृष्ण श्रेष्ठ, माधवबहादुर थापा, मनमाया विश्वकर्मा, मनिष खनाल, मोहनलाल आचार्य, यज्ञबहादुर बोगटी, रञ्जु न्यौपानेले समसामयिक विषरिनयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी सांसदहरु क्रमशः रचना खतिवडा, रविन महतो, रजनी श्रेष्ठ, रत्नकुमारी थापा, रमेशकुमार मल्ल, रमेशकुमार सापकोटा, रमेश प्रसाईँ, रवीन्द्र पटेल, राजकिशोर महतो, राजन गौतम, राजीव खत्री, राजेशकुमार चौधरी, राधिका रम्तेल, डा राम लामा, रिङ्गला यादव, रीना उप्रेती, रुकेश रञ्जित, रक्मिणीदेवी कोइराला, रेखाकुमारी यादव, रेनुका काउचाले पनि ध्यानाकर्षण गराएका थिए ।

वि.सं.२०८३ भदौ २ मंगलवार १३:१६ मा प्रकाशित

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

रास्वपाले सुरु गर्‍यो ‘क्यान्डिडेट क्लब’

रास्वपाले सुरु गर्‍यो ‘क्यान्डिडेट क्लब’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...