back
CTIZAN AD

रास्वपाले सुरु गर्‍यो ‘क्यान्डिडेट क्लब’

वि.सं.२०८३ भदौ २ मंगलवार

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि ७७ वटै जिल्लाबाट उम्मेदवार छनोट तथा टिकट वितरण प्रक्रिया अघि बढाउन ‘क्यान्डिडेट क्लब’ भाद्र १ गते सोमबार देखि सुरु गरेको छ। पार्टीले चुनाव लड्न इच्छुक आफ्ना सदस्य तथा शुभेच्छुकलाई क्यान्डिडेट क्लबमार्फत आवेदन दिन आह्वान गरेको हो।

रास्वपाले स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिले निर्धारित प्रक्रियामार्फत आवेदन दिएर आफ्नो उम्मेदवारी सुनिश्चित गर्न सक्ने जनाएको छ। पार्टीले उम्मेदवार छनोटलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले क्यान्डिडेट क्लब सञ्चालनमा ल्याएको बताएको छ।

रास्वपा सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत पार्टीमा सुरुदेखि नै सक्रिय रहेका सदस्यलाई प्राथमिकता दिने संकेत गरेका छन्। उनले नयाँ व्यक्ति पार्टीमा प्रवेश गर्नेबित्तिकै टिकट लिएर जाने अवस्था नहुने स्पष्ट पार्दै पार्टी निर्माणमा सुरुदेखि योगदान गरेका नेता–कार्यकर्तालाई सकेसम्म अवसर दिने बताएका छन्।

उनका अनुसार उम्मेदवार छनोट गर्दा पार्टीमा लामो समयदेखि सक्रिय रहेका व्यक्तिको योगदान र भूमिकालाई समेत महत्वपूर्ण आधार बनाइनेछ। स्थानीय निर्वाचनमा सक्षम र जनतासँग जोडिएका उम्मेदवार अघि सार्ने रास्वपाको तयारी छ। आवेदन दिन पार्टीको वेवसाइट https://rspnepal.page.link/app मा गएर जोडिन भनिएको छ ।

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४४ मा प्रकाशित

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...