back
CTIZAN AD

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

वि.सं.२०८३ भदौ १ सोमवार

15 

shares
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।
मुख्यमन्त्री आचार्यलाई नेपाल कम्युनिष्ट पाटी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा पार्टी र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेशसभामा कायम ८३ मध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी हुनुभयो ।
विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गर्नुभयो । प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए ।
बैठकको हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहेका हुन् । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भने तटस्थ रहेका थिए ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाएका थिए ।

वि.सं.२०८३ भदौ १ सोमवार २०:१७ मा प्रकाशित

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...