back
CTIZAN AD

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

वि.सं.२०८३ भदौ १ सोमवार

shares

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका हुन् ।

नेकपा एमालेले गत साउन ६ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए । संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएपछि उनले सोमबार विश्वासको मत लिने तयारी गरेका थिए ।

तर सरकारलाई बहुमत जुटाउन आवश्यक राजनीतिक समर्थन नपाउने अवस्था बनेपछि बानियाँले मतदान प्रक्रियामा जानुअघि नै राजीनामा दिएका हुन् । एमाले र नेकपाले मुख्यमन्त्री बानियाँको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा्)ले कुनै पनि पक्षमा नउभिने अर्थात् तटस्थ बस्ने निर्णय गरेको थियो । सत्ता पक्षसँग बहुमत नपुग्ने निश्चित भएपछि बानियाँले राजीनामाको बाटो रोजेका हुन् ।

राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री बानियाँले आफ्नो एक वर्षे कार्यकालमा प्रदेश सरकारले गरेका कामको २८ बुँदे प्रगति विवरण प्रदेशसभामा प्रस्तुत गरेका थिए । उनले आफ्नो नेतृत्वको सरकारले प्रदेशको विकास, पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि तथा अन्य क्षेत्रमा गरेका कामबारे जानकारी गराएका थिए ।

विश्वासको मत लिन प्रदेशसभामा पुगेका बानियाँले राजनीतिक समीकरण आफ्नो पक्षमा नदेखिएपछि विश्वासको मतको सामना नगरी पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ ।

अब प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउनेछन् । बागमती प्रदेशसभामा रहेका दलहरूको वर्तमान शक्ति समीकरणअनुसार नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने विषयमा राजनीतिक दलहरूबीच छलफल सुरु हुने देखिएको छ ।

वि.सं.२०८३ भदौ १ सोमवार १४:५७ मा प्रकाशित

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...