back
CTIZAN AD

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

वि.सं.२०८३ भदौ १ सोमवार

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी भदौ ५ गते पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा लामो समयदेखि रिक्त रहेका पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको प्रस्ताव अघि बढाउने तयारी गरिएको छ ।

रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ । त्यसैगरी २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य समेत मनोनयन गर्ने तयारी रहेको पार्टीले जनाएको छ । बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई जानकारी गराइसकिएको छ ।

पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिने उद्देश्यले हुन लागेको यो बैठक रास्वपाका लागि महत्वपूर्ण मानिएको छ । नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन भएपछि पार्टीको केन्द्रीय संरचना थप व्यवस्थित हुने र आगामी राजनीतिक गतिविधि तथा संगठन विस्तारलाई गति दिने अपेक्षा गरिएको छ ।

यसअघि साउन १३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले बालेन शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पारित गरेको थियो । उक्त निर्णयपछि पार्टीको नेतृत्व संरचना र आगामी राजनीतिक रणनीतिबारे थप चर्चा भएको थियो । आगामी बैठकमा पनि संगठन विस्तारसँगै पार्टीको राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने सम्भावना छ । बैठकमा आगामी स्थानीय निर्वाचनका सन्दर्भमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।

रास्वपाले पछिल्लो समय संगठन विस्तार, जिम्मेवारी बाँडफाँट र पार्टी संरचनालाई संस्थागत गर्ने प्रक्रियालाई अघि बढाइरहेको छ ।

वि.सं.२०८३ भदौ १ सोमवार १४:२५ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...