back
CTIZAN AD

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वि.सं.२०८३ भदौ १ सोमवार

shares

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका छन् । उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएका हुन् । यतिखेर सार्की परिवारको जीवन गुजाराको आधार अकबरे खुर्सानी खेती बनेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१३ रियालेका बाँदरले नखाने, बजार मूल्य राम्रो भएको र खेती गर्न सरल हुने भएकाले उनले अकबरे खुर्सानीको व्यावसायिक खेती गरेका हुन् । “१५ रोपनी जग्गामा १५ हजार अकबरेका बोटहरु लगाएको छु,” उनले भने, “अहिले त आम्दानी लिन थालिसकेको छु ।”

उनले साउन मसान्तसम्म ८०० केजी खुर्सानी प्रतिकेजी २०० का दरले बिक्री गर्दै आएका छन् । बारीमा एक हजार २०० केजी खुर्सानी टिप्न बाँकी छ । उनले छोटो अवधिमा खुर्सानी बिक्रीबाट रु एक लाख ६० हजार आम्दानी गरेका छन् ।

“यहाँ उत्पादन भएको खुर्सानी बिक्रीका लागि अहिलेसम्म बजारको समस्या छैन,” उनले भने, “खुर्सानी स्थानीय बजार तथा पोखराका बजारमा बिक्री हँुदै आएको छ ।”

चार वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गरेका उनले आफ्नै गाउँ ठाउँमा फर्केर व्यावसाय गर्ने क्रममा खुर्सानी खेती रोजेका हुन् । बाँझो रहेको जमिनको सही सदुपयोग गर्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा उनलाई लिन सकिन्छ ।

वि.सं.२०८३ भदौ १ सोमवार १३:४२ मा प्रकाशित

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...