सिड्नी । नेकपा (एमाले)को विदेश स्थित भातृ संस्था प्रवासी नेपाली मञ्च अष्ट्रेलिया(ओएनएफ) को छैठौं अधिवेशन सिड्नी अवर्नमा सम्पन्न भएको छ ।
सिड्नीमा सम्पन्न उक्त अधिवेशनले रमेश पौडेलको अध्यक्षतामा १९ सदस्यिय कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्ष दिपक पहारी, सचिव मिलन पाठक, सहसचिव किशोर भण्डारी र सदस्यहरुमा सुजन श्रेष्ठ, दिनेश पाण्डे, रमेश पाण्डे, प्रेम शाही, युवराज पहाडी, नारायण बस्नेत, स्नेहा न्यौपाने, लेनिन पौडेल, सुवास सुवेदी, राजु गौचन, कृष्ण सापकोटा, मुगेन्द्र गौतम, प्रकाश पौडेल, अरुण गौतम, चन्द्र कुवर, रविन भुषाल, गणेश राज गौतम, मोहन शर्मा र तेज बिक्रम मल्ल रहेका छन् । अष्ट्रेलियाका आठ वटै राज्यहरु आएका प्रतिनिधिहरु विचको छलफलबाट सर्वसम्मत रुपमा रमेश पौडेलको अध्यक्षतामा १९ सदस्यिय कमिटी निर्माण गरिएको हो ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्य र मञ्चका उप सचिव प्रभु राम थापाको विशेष आतिथ्यमा भएको अधिवेशनमा एनआरएनए अन्तर्राष्ट्रिय सल्लाह तथा पुर्व उपाध्यक्ष डा. विनोद श्रेष्ठ, उपाध्यक्ष डा ज्ञानेन्द्र रेग्मी, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहकार राजन बस्नेत, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चर सेन्टर अध्यक्ष बिष्णु हमाल, एनआरएनए एनएसडव्लु संयोजक उषा वारिया, जन सम्पर्क समिति अष्ट्रेलिया महामन्त्री रोहित खड्कालगायतका अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए ।
प्रमुख अतिथि पाण्डेले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता केशव जोशी र सचिव प्रकाश पन्थीले संचालन गरेका थिए। त्यसैगरी स्वागत उपाध्यक्ष बालगोपाल उपाध्यक्ष र धन्यवाद ज्ञापन उप सचिव अशिम कोइरालाले गरेका थिए ।
बन्द सत्रले अध्यक्ष केशव जोशीले पेश गरेको राजनितिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख दिपक पहाडीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
कार्यक्रमलाई प्रमुख अतिथि पाण्डे, विशेष अतिथि थापा सहित ओएनएफ अन्तर्राष्ट्रिय सदस्य शिशिर नेपाल र माधव शाह, अष्ट्रेलिया उपाध्यक्ष राम घिमिरे, निर्वाचन प्रमुख होम पाण्डे, ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्याय लगायतले सम्बोधन गर्दै नयाँ कार्यसमितिलाई शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
प्रवासी नेपाली मञ्चले अष्ट्रेलियामा सन् २००२ देखि संगठनात्मक गतिविधि सुरु गरेको हो । पछिल्लो राष्ट्रिय अधिवेशन सन् २०२२ मा सम्पन्न भएको थियो ।
वि.सं.२०८३ भदौ १ सोमवार १५:३५ मा प्रकाशित





























