बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको गेरुवा गाउँपालिका–५ जुगुतपुर बस्ने १९ वर्षीय सरगम आचार्यले आफ्नै बुवा अन्दाजी ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका उपाध्यायको घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि प्रहरीले सरगम आचार्यलाई नियन्त्रणमा लिएको छ । घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका आचार्यमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ भने घटनाको वास्तविक कारण बारे थप अनुसन्धान भइरहेको छ ।
वि.सं.२०८३ भदौ १ सोमवार १५:११ मा प्रकाशित






























