back
CTIZAN AD

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

वि.सं.२०८३ भदौ १ सोमवार

18 

shares

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदाललते परमादेश जारी गरेको छ ।

उनकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासले श्रेष्ठलाई हिरासतमा नराखी हाजिर जमानीमा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको हो।

श्रेष्ठलाई व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। उनको पक्राउ गैरकानुनी भएको दाबी गर्दै पत्नी सरस्वतीले साउन २८ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

रिटमाथि साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो। उक्त इजलासले श्रेष्ठलाई बरामद गरिएका उपकरणसहित अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

श्रेष्ठको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघलगायत पत्रकारिता क्षेत्रका विभिन्न संस्थाले आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका थिए।

 

 

वि.सं.२०८३ भदौ १ सोमवार २०:०५ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...