मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट खसेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
आव बिहान करिब ११:०० बजे जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१-००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खस्दा जिल्ला रोल्पा, लुङ्ग्री गाउँपालिका – ३ बस्ने २३ वर्षीय हरिबहादुर पुन घाइते भएका थिए ।
घाइते पुनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइएकोमा उपचारका क्रममा दिउँसो १२: ३२ बजे उनको मृत्यु भएको हो ।
दुर्घटनापछि टिपर र चालक जिल्ला प्रहरी कार्यालय मुस्ताङको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।
वि.सं.२०८३ भदौ २ मंगलवार १४:५९ मा प्रकाशित






























