back
CTIZAN AD

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

वि.सं.२०८३ भदौ २ मंगलवार

21 

shares

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई यूरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले उडान सुरक्षाप्रतिको नेपालको प्रतिबद्धता, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन, नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुधार र यूरोपेली सङ्घसँगको निरन्तर संवादका आधारमा छिट्टै सो सूचीबाट हट्ने विश्वास व्यक्त गरे । उनले यूरोपेली सङ्घबाट सुधारात्मक कार्ययोजनाको समीक्षा नतिजा प्राप्त भएपछि यसका आधारमा आवश्यक थप कदम अघि बढाइने स्पष्ट पारे ।

यूरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको जनाउँदै मन्त्री पौडेलले नेपाललाई उक्त सूचीबाट हटाउन उडान सुरक्षा प्रणालीको सुधारसँगै नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुधार र कूटनीतिक पहललाई समानान्तररूपमा अघि बढाइएको बताए ।

यूरोपेली सङ्घले सन् २०२३ को सेप्टेम्बर ११–१५ नेपालमा स्थलगत उडान सुरक्षा मूल्याङ्कन सम्पन्न गरेको थियो । “उक्त मूल्याङ्कनको खुला निष्कर्षलाई अहिलेसम्म कार्यान्वयन नभएको अवस्था थियो । हामी आइसकेपछि ५ जुन २०२६ मा युरोपेली सङ्घसमक्ष यसको विवरण पेस गरेका छौँ, सङ्घले पनि १२ जुन २०२६ मा पठाएको जानकारी अनुसार ती सुधारात्मका कार्ययोजनाको समीक्षा छिट्टै उपलब्ध गराउने भन्नुभएको छ”, मन्त्री पौडेलले भनेयो । उनले हवाई सुरक्षा तथा नियमनसम्बन्धी प्राविधिक क्षमता अभिवृद्धिका लागि अन्तरराष्ट्रिय साझेदारसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

“संस्थागत सुधारतर्फ महत्त्वपूर्ण काम अघि बढाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामकीय निकाय र सेवा प्रदायक निकायकारूपमा विशिष्टकृट गरी छुट्टाछुट्टै संस्थागत संरचना स्थापना गर्ने सन्दर्भमा आवश्यक विधेयक तर्जुमा गरिसकिएको र छिट्टै सदनमा पेस गरिनेछ”, मन्त्री पौडेलले भने ।

प्राविधिक तथा संस्थागत सुधारसँगै सरकारले यस विषयमा कूटनीतिक तहबाट निरन्तर सक्रिय पहल भइरहेको जानकारी दिँदै उनले यसक्रममा नेपालका लागि यूरोपेली सङ्घका राजदूतसँग व्यक्तिगत रूपमा भेटघाट गरी नेपालले उडान सुरक्षाका सुधारका क्षेत्रमा गरेको प्रगति, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन र आगामी योजनाबारे छलफल गरिएको स्पष्ट पारे ।

यूरोपेली सङ्घका सदस्य राष्ट्रका नेपालस्थित र गैरआवासीय राजदूतसँग पनि भेटघाट गरी नेपाललाई उडान सुरक्षा सूचीबाट हटाउने विषयमा नेपालको प्रतिबद्धता, सुधारका प्रयास र आगामी कार्यदिशाबारे जानकारी गराउँदै आवश्यक सहयोग र सकारात्मक भूमिकाका लागि आग्रह गरिएको उनको भनाइ छ ।

“नेपाललाई यूरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट हटाउने विषय केवल कूटनीतिक पहलबाट मात्र होइन, उडान क्षेत्रमा वास्तविक र मापनयोग्य सुधारमार्फत सुनिश्चित गर्नुपर्छ”, मन्त्री पौडेलले भने, “अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुसार प्राविधिक र नियमामकीय सुधारलाई तीव्रता दिइएको छ । यूरोपेली सङ्घ र सदस्य राष्ट्रसँग उच्चस्तरीय कूटनीतिक संवादलाई निरन्तरता दिइएको छ ।”

वि.सं.२०८३ भदौ २ मंगलवार १५:३० मा प्रकाशित

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...