back
CTIZAN AD

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

वि.सं.२०८३ भदौ ३ बुधवार

18 

shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ। बालुवाटारमा निर्माण गरिएको कार्यालय भवनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गरेका हुन्।

उद्घाटनपछि गभर्नर पौडेलले गरिमा विकास बैंकले छोटो समयमै उल्लेखनीय प्रगति हासिल गरेको भन्दै आगामी दिनमा थप सफलता प्राप्त गर्न शुभकामना दिए।

यसअघि लाजिम्पाटस्थित भाडाको भवनबाट सञ्चालन हुँदै आएको बैंक अब बालुवाटारस्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको हो।

कार्यक्रममा उपिस्थत पाहुनलाइ शब्दले स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासनलाई बैंकले पहिलो प्राथमिकतामा राखेको बताए। पारदर्शिता, उत्तरदायित्व, नियामकीय अनुपालन, जोखिम व्यवस्थापन र ग्राहक हितलाई केन्द्रमा राख्दै जिम्मेवार तथा दिगो बैंकिङ अभ्यासलाई संस्थाको मूल आधार बनाइएको उनले बताए।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपालप्रसाद भट्टले बैंक परिसरमा मन्दिर निर्माण हुनु  बैंक तथा वित्तीय संस्थामा धार्मिक र आध्यात्मिक पक्षलाई स्थान दिनु सकारात्मक र शुभ संकेत भएको बताए। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य स्यामप्रसाद बस्याललगायतको उपस्थिति थियो।

कार्यक्रमकाे अध्यक्षता ग्रहण गरेका बैंकका अध्यक्ष दिलिप प्रताप खाणले सत्यलाई आत्मसात् गर्दै पारदर्शिता कायम गर्ने, आर्थिक गतिविधिलाई नैतिकताको आधारमा अघि बढाउने तथा आध्यात्मिक पक्षलाई समेत आत्मसात् गर्दै बैंकलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले बैंकका सबै तहका कर्मचारी इमानदारी र एकताका साथ अघि बढिरहेको उल्लेख गर्दै सेवा–सुविधामा कन्जुस्याइँ नगरी कर्मचारी तथा सेवाग्राहीको हितलाई ध्यानमा राखेर संस्था सञ्चालन गर्ने बताए। बैंकलाई अभिभावकीय भूमिकाबाट संरक्षण गर्दै थप सबल बनाउने उनको भनाइ थियो।

कार्यालय परिसरमा हरिहर मन्दिर

नवनिर्मित केन्द्रीय कार्यालय परिसरमा हरिहर मन्दिरसमेत निर्माण गरिएको छ। मन्दिरमा विगत तीन दिनदेखि विभिन्न देवी–देवताका मूर्तिहरूको प्राणप्रतिष्ठा कार्यक्रम सञ्चालन गरिएको थियो।

बैंकले नयाँ केन्द्रीय कार्यालयलाई संस्थाको भौतिक पूर्वाधारका रूपमा मात्र नभई सुशासन, पारदर्शिता, नैतिकता, आध्यात्मिकता र सेवाभावलाई समेत आत्मसात् गर्दै अघि बढ्ने नयाँ यात्राको आधारका रूपमा लिएको जनाएको छ।

स्याङ्जाबाट सुरु भएको यात्रा

गरिमा विकास बैंक २०६४ साल असार २४ गते नेपाल राष्ट्र बैंकबाट स्याङ्जा, पाल्पा र कास्कीलाई कार्यक्षेत्र बनाएर स्थापना भएको थियो। बैंकले २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट वित्तीय कारोबार सुरु गरेको थियो।

मर्जर तथा प्राप्तिसँगै बैंकले आफ्नो विस्तारलाई तीव्र बनाएको हो। २०७२ सालमा म्याग्दीको बेनीमा केन्द्रीय कार्यालय रहेको निलगिरी विकास बैंकलाई गरिमा विकास बैंकमा गाभिएपछि बैंक राष्ट्रिय स्तरको विकास बैंकका रूपमा अघि बढेको थियो।

त्यसपछि २०७३ असोज ४ गते चितवनको नारायणगढमा रहेको सुरक्षा विकास बैंकलाई मर्ज गरेपछि २०७३ चैत २७ गते बैंकको केन्द्रीय कार्यालय पोखराबाट काठमाडौं स्थानान्तरण गरिएको थियो। त्यस्तै, २०७८ कात्तिक २८ गते सर्लाहीमा रहेको साहारा विकास बैंकलाई प्राप्ति गरेपछि गरिमा विकास बैंकले हिमाल, पहाड र तराईसम्म आफ्नो उपस्थिति विस्तार गरेको हो।

बैंकले मर्जर तथा प्राप्तिबाट संस्थाको विकासमा योगदान पुर्‍याएका संस्थाहरूको सम्झना रहने गरी नवनिर्मित कार्यालयका विभिन्न बैठक कक्षलाई ती संस्थाहरूको नामबाट राख्ने तयारी गरेको जनाएको छ।

२ करोड ६५ लाखबाट ६ अर्बभन्दा बढी चुक्ता पुँजी

२ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजीबाट ६१ जना संस्थापक शेयरधनीसहित सुरु भएको बैंकको चुक्ता पुँजी अहिले ६ अर्ब २ करोड रुपैयाँ पुगेको छ। बैंकका शेयरधनीको संख्या पनि करिब १ लाख पुगेको छ।

१० जना कर्मचारीबाट सेवा सुरु गरेको बैंकमा अहिले १ हजार ५० भन्दा बढी कर्मचारी कार्यरत छन्। बैंकले ३७ जिल्लामा १२६ वटा शाखा कार्यालयमार्फत करिब १० लाख सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

बैंकले हाल करिब १ खर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ भने कर्जा लगानी करिब ८५ अर्ब रुपैयाँ रहेको छ।

 

वि.सं.२०८३ भदौ ३ बुधवार १५:०४ मा प्रकाशित

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती...

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किएसँगै...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...