back
CTIZAN AD

३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

वि.सं.२०८३ भदौ ३ बुधवार

21 

shares

जितपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा दुई जना पक्राउ परेका छन्।

२०८३ भदौ २ गते जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र जितपुरसिमरा बस्ने ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

घटनापछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो। थप अनुसन्धानका क्रममा नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट कुकुरसहितको अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार बालिका २०८३ साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। अनुसन्धानका क्रममा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने अन्दाजी १६ वर्षीय बालकले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र जबरजस्ती करणीपछि हत्या गरेको खुलेको छ।

घटनाको अनुसन्धानका क्रममा ना।१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक निज १६ वर्षीय बालक तथा उक्त म्याजिकका धनी जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वि.सं.२०८३ भदौ ३ बुधवार १४:१२ मा प्रकाशित

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंक लिमिटेडकोे आफ्नै केन्द्रिय कार्यालय भवनको उद्घाटन भएको...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किएसँगै...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...