back
CTIZAN AD

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

वि.सं.२०८३ साउन २४ आइतवार

15 

shares

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम दाहालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले आगामी अगस्ट १४–१६ मा भर्जिनियामा हुने तेस्रो केन्द्रीय अधिवेशनमा अध्यक्ष पदको दावी प्रस्तुत गरेका हुन्।

जुलाई २९ का दिन गृहराज्य मेरिल्याण्डको बाल्टिमोर शहरस्थित माउन्ट एभरेष्ट रेस्टुरेन्ट 7929 Belair Road, Nottingham MD मा उनले आफ्नो उम्मेवारी घोषणा गरेका हुन् ।

दाहालले आफ्नो उम्मेदवारी घोषणा गर्दै समितिलाई सुदृढ, पारदर्शी, प्रविधिमैत्री र प्रभावकारी बनाउने एजेन्डा सार्वजनिक गरेका छन्। उनका प्रमुख प्रतिबद्धताहरूमा संगठनात्मक संरचना मजबुत बनाउने, नेपाल–अमेरिका नागरिकस्तरको सम्बन्ध विस्तार गर्ने, अमेरिकामा हुर्किरहेको दोस्रो पुस्तालाई सामाजिक तथा सार्वजनिक फोरममा सक्रिय बनाउने, आर्थिक पारदर्शिता र अनुशासनलाई प्राथमिकता दिने, विभिन्न च्याप्टरहरूको सहकार्यमा प्रविधिमैत्री कार्यक्रम सञ्चालन गर्ने, संस्थागत सुशासन कायम गर्ने, र विधानअनुसार कार्ययोजना बनाउने विषय समावेश छन्।

त्यसैगरी, उनले अमेरिकामा रहेका नेपाली मूलका अनुभवी व्यक्तित्वहरूको ‘थिङ्क ट्याङ्क’ (बौद्धिक समूह) गठन गरी नेपाल तथा नेपाली समुदायसँग सम्बन्धित विषयमा अध्ययन तथा छलफल गर्ने, नेपाली मूलका अमेरिकी निर्वाचित प्रतिनिधिहरूसँग सहकार्य गरी नेपालको हितका विषयमा वकालत गर्ने, र अमेरिकी संघीय संसद्मा पुनः ‘नेपाल ककस’ सक्रिय बनाउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दाहालले नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको अर्धकदको शालिक अमेरिकाको कुनै सार्वजनिक स्थानमा स्थापना गर्ने तथा विभिन्न राज्य तथा स्थानीय तहमा नेपालको नामसँग जोडिएका बाटो तथा गल्लीको नामकरण गर्न स्थानीय सरकारसँग समन्वय गर्ने योजना पनि अघि सारेका छन्। उनले च्याप्टरहरूको गतिविधिलाई नियमित, योजनाबद्ध र परिणाममुखी बनाउन वार्षिक क्यालेन्डर निर्माण गर्ने पनि बताएका छन्।

यस उम्मेदवारी र एजेन्डाप्रति समितिका मतदाता तथा सहभागीहरूले समर्थन जनाउन थालेका छन्, जसले आगामी अधिवेशनको नेतृत्व चयन प्रक्रियालाई प्रतिस्पर्धात्मक बनाएको छ।

को हुन् गौतम दाहाल ?

ओखलढुंगामा जन्मिएका दाहाल विद्यार्थी कालदेखि नै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा सक्रिय रहे। उनले नेपाल विद्यार्थी संघ ओखलढुंगाको जिल्ला सदस्य र ओखलढुंगा–काठमाडौं सम्पर्क समितिको सभापति भएर काम गरेका छन्। तत्कालीन अर्थ राज्यमन्त्री गोपाल राईका प्रेस सल्लाहकारसमेत रहेका उनी २१ वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका छन्।

पत्रकारितामा पनि सक्रिय दाहालले नेपालमा रेडियो नेपाल, इमेज टेलिभिजन, नेपाल–१ टेलिभिजन, हिमालय टाइम्स, राष्ट्रपुकार, नेपालवाणी, नेपाल जागरणजस्ता सञ्चारमाध्यममा काम गरेका छन्। उनी ग्लोब नेपाल डटकम का संस्थापक सम्पादक तथा ग्लोब नेपाल मिडिया हाउसका अध्यक्ष हुन्। अमेरिकामा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निर्वाचित अध्यक्ष तथा बाल्टिमोरस्थित नेपाली संस्था बानाका महासचिव भइसकेका छन्।

हाल उनी नेपाली कांग्रेसको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि हुन्। उनले नेपाली जनसम्पर्क समिति, अमेरिकाको प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी, कांग्रेसको प्रचार विभाग अन्तर्गतका भूमिका, तथा एनआरएनए आईसीसीको भाषा तथा साहित्य संवर्द्धन समितिमा समेत काम गरिसकेका छन्।

दाहाललाई उनका समर्थकहरूले स्पष्ट वक्ता, सक्रिय संगठनकर्ता र निरन्तर क्रियाशील नेतृत्व का रूपमा वर्णन गर्छन्। आगामी अधिवेशनमा उनको उम्मेदवारीले समितिको नेतृत्व चयनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।

 

वि.सं.२०८३ साउन २४ आइतवार १९:५० मा प्रकाशित

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा। हेमराज...

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...