अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय र नेपाली परिकारका पारखीहरूका लागि एउटा अत्यन्तै उत्साहजनक खबर आएको छ।
लामो पर्खाइ र आतुरतापछि मेरिल्यान्डको ह्वाइट मार्शमा बहुचर्चित तथा लोकप्रिय ब्राण्ड अर्थात् मार्का ‘बाजेको सेकुवा’ को नयाँ शाखा भव्य रूपमा सञ्चालनमा आउने भएको छ। अमेरिकाको टेक्सस, कोलोराडो र न्युयोर्कमा पाएको अभूतपूर्व सफलतापछि अब बाल्टिमोर क्षेत्रका बासिन्दाहरूले पनि आफ्नै ठाउँमा वास्तविक नेपाली स्वाद र न्यानो आतिथ्यताको प्रत्यक्ष अनुभव गर्न पाउनेछन्।
यस खुसीको क्षणलाई अझ यादगार बनाउन चमेनागृह प्रशासनले उद्घाटनको अवसरमा अगस्त ७ देखि अगस्त ९ सम्म (तीन दिन) आउने सम्पूर्ण ग्राहकहरूलाई कुल बिजक (बिल) मा १५ प्रतिशत (१५ %) विशेष छुटको घोषणा गरेको छ।
आगामी अगस्त ७ शुक्रबारको दिन बिहान ११:०० बजे भव्य रातो फित्ता (रिबन)काट्ने समारोह राखिएको छ । आयोजकका अनुसार ११:३० बजे चमेनागृह अवलोकन तथा भेटघाट तथा मध्याह्न १२:०० बजे उपस्थित सबै पाहुनाहरूका लागि निस्शुल्क दिउँसोको खानाको व्यवस्था गरिएको छ। साथै, आउने पाहुनाहरूको सहजताका लागि पर्याप्त र निस्शुल्क सवारी साधन अडान क्षेत्र (पार्किङ) सुविधा उपलब्ध छ।
यो नयाँ चमेनागृह अमेरिकाका प्रतिष्ठित व्यवसायी तथा समाजसेवीहरू क्रमस राजन त्रिपाठी, कृष्ण जेबी पन्त, सुरेन्द्र रायमाझी तथा उनिहरूको टोलीको संयुक्त लगानी तथा पहलमा सुरु भएको हो।
गैरआवासीय नेपाली सङ्घका प्रभावशाली नेताका रूपमा स्थापित राजन त्रिपाठी र कृष्ण जेबी पन्त नेपाली समाजमा आफ्नो निस्वार्थ सेवा, उदारता र निरन्तर सहयोगका लागि विश्वभरका नेपालीहरू माझ अत्यन्त लोकप्रिय र आदरणीय व्यक्तित्वहरु हुन् ।
नेपालमा आजभन्दा ४८ वर्ष अघि संस्थापक स्वर्गीय दीनानाथ भण्डारीले एउटा सानो सेकुवा पसलबाट यो ऐतिहासिक यात्राको सुरुवात गरेका थिए । बाहुन कुलका उनलाई ग्राहकहरूले मायाले “बाजे” भनेर बोलाउने गर्थे, र त्यही आत्मीय नामबाट पछि ‘बाजेको सेकुवा’ मार्का (ब्राण्ड)को जन्म भयो।
आज यो ब्यापारिक मार्का (ब्राण्ड) नेपालबाट विस्तार हुँदै अमेरिकामा समेत नेपाली पाककलाको पहिचान बनेको छ।
चमेनागृहमा मुख्य मीठा परिकारहरू साकाहारी सेकुवा, कुखुरा तथा खसीका विभिन्न स्वादिला परिकारहरू उपलब्ध रहने छन् । साथै ममका परिकार तथा परम्परागत तरकारी र खाना आलु तामा र विशेष परिकारहरुको स्वाद लिन पाइने छ ।
नेपाली स्वाद, संस्कृति र आत्मीयताको यो ठूलो उत्सवमा सहभागी भई मिठा परिकारको आनन्द लिन चमेना गृह परिवारले सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ ।
उद्घाटन कार्यक्रमको तालिका र स्थान :
मिति: शुक्रबार, अगस्त ७, २०२६
समय:बिहान ११:०० बजेदेखि सुरु
स्थान:710 Concourse Circle, Suite 101, Baltimore, MD 21220
वि.सं.२०८३ साउन २१ बिहीवार १५:०० मा प्रकाशित






























