back
CTIZAN AD

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

वि.सं.२०८३ साउन २१ बिहीवार

12 

shares

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित ‘८.८ ग्रेट एट सेल’ आयोजना गर्ने घोषणा गरेको छ ।

दराजको अनुसार ८.८ ग्रेट एट सेलमा विशेष ब्रान्ड अफर्स, आकर्षक छुट, डिजिटल भुक्तानीमा अतिरिक्त बचत तथा हरेक दिन उपहार जित्ने अवसरसहित आयोजना गर्ने तयारी गरिएको हो ।

साथै अभियानले नेपाली उपभोक्तालाई अझ रोमाञ्चक र लाभदायी अनलाइन किनमेल अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

साउन २२ को राति ८ बजे देखि साउन २७ गते सम्म सञ्चालन हुने यस अभियान अन्तर्गत ग्राहकहरूले ७० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी तथा ५० लाख रुपैयाँ बराबरका भौचरहरू प्राप्त गर्ने सुवर्ण अवसर पाउन सक्ने छन् ।

यस अभियानअन्तर्गत ग्राहकहरूले दराजमा उपलब्ध लोकप्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूका उत्पादनहरूमा विशेष छुट प्राप्त गर्ने छन् । प्लाटिनम ब्राण्ड पार्टनर्स अन्तर्गत रहेका होनासा र बेयर एनाटमीका उत्पादनहरूमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ भने गोल्ड ब्रान्ड पार्टनर, ब्रान्डहाउसका तर्फबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । त्यसैगरी, सिल्भर ब्रान्ड पार्टनर्स अन्तर्गत रहेका न्यूलाइट, यूग्रिन, जीएनसी र बियर्डोका चयनित उत्पादनहरूमा ७० प्रतिशतसम्म छुट उपलब्ध हुने जानकारी दिइएको छ ।

उपभोक्ताका किनमेल अनुभवलाई अझ रोमाञ्चक बनाउने उद्देश्यका साथ दराजले यस अभियानका दौरान ब्रान्ड रश आवर सञ्चालन गर्ने भएको छ । अभियान सुरु हुने दिन अर्थात् अगस्ट ७ तारिकको राति ८ बजेदेखि अगस्ट ८ को बिहान २ बजेसम्म पहिलो विशेष सेशन सञ्चालन हुनेछ । त्यसैगरी, अगस्ट ९ देखि १२ सम्म हरेक दिन बेलुका ८ बजेदेखि १० बजेसम्म ब्रान्ड रश आवर सञ्चालन गरिनेछ । यस अवधिभर ७५ भन्दा बढी प्रतिष्ठित ब्रान्डका उत्पादनहरूमा ७० प्रतिशतसम्मको विशेष छुट उपलब्ध हुने जानकारी दिइएको छ । साथै, अभियान अवधिभर, दैनिक सञ्चालन हुने फ्ल्याश सेल मार्फत पनि सीमित अवधिका आकर्षक अफरहरूमा ग्राहकहरूले लाभदायक किनमेल गर्ने अवसर प्राप्त गर्न सक्नु हुनेछ ।

यसपटक दराजले ईसेवा सँगको सहकार्यमा डिजिटल भुक्तानीलाई थप लाभदायी बनाएको छ । अगस्ट ७ को राति ८ बजेदेखि मध्यरातसम्म ईसेवा मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरूले १० प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ) छुट प्राप्त गर्न सक्नुहुनेछ । त्यसैगरी, अगस्ट ८ देखि ११ सम्म हरेक दिन बेलुका ८ बजेदेखि १० बजेसम्म ईसेवा प्रयोग गरी खरिद गर्दा ९ प्रतिशतसम्म (अधिकतम १५० रुपैयाँ) अतिरिक्त छुट उपलब्ध हुने जानकारी दिइएको छ ।

अर्को विशेष आकर्षणका रूपमा दराजले डेली मिस्ट्री डिल्स एण्ड गिभअवेज् पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत अभियान अवधिभर हरेक दिन एक भाग्यशाली विजेतालाई करिब १५ हजार रुपैयाँ बराबरका पुरस्कारहरू जित्ने अवसर प्रदान गरिने दराजले जानकारी दिएको छ ।

अगस्ट ८ देखि ग्राहकहरूले दराज नेपालको आधिकारिक ईन्स्टाग्राम पेजमा सार्वजनिक गरिएका आठवटा गोप्य ( मिस्ट्री) उत्पादनहरू, तिनको वास्तविक मूल्य (एमआरपी) र विशेष अफर मूल्य हेर्न सक्नु हुनेछन् । सहभागीहरूले हरेक दिन साँझ ७ बजेसम्म ती मध्ये आफूले अनुमान गरेका कुनै तीन उत्पादनको उत्तर कमेन्ट गर्नुपर्ने हुन्छ । यसरी, सही अनुमानका साथ कमेन्टमा आफ्ना तीन जना साथीलाई ट्याग गर्ने सहभागीहरू दैनिक लक्की ड्रमा सहभागी हुनेछन् । यसरी आफ्नो सहभागिता जनाउनु भएका ग्राहकहरु मध्यबाट हरेक दिन एक जना भाग्यशाली विजेता छनोट गरिनेछ । प्रत्येक दिन साँझ ७ बजे मिस्ट्री डिल्स सार्वजनिक गरिने दराजले प्रेश विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

आकर्षक छुट, विशेष ब्रान्ड अफर्स, डिजिटल भुक्तानीमा अतिरिक्त बचत, निःशुल्क डेलिभरी तथा दैनिक पुरस्कार कार्यक्रमसहित दराज नेपालद्वारा आयोजना हुने तयारीमा रहेको ‘८.८ ग्रेट एट सेल’ यस सिजनकै सबैभन्दा ठूलो र लाभदायी अनलाइन किनमेल अभियानमध्ये एक हुने कम्पनीको विश्वास छ ।

दराज ‘८.८ ग्रेट एट सेल’ सम्बन्धित थप जानकारीका लागि धधध।मबचबश।अयm।लउ मा भिजिट गर्न, दराज नेपालको फेसबुक पेज हेर्न वा दराज एप ब्राउज गर्न कम्पनीले बिनम्र अनुरोध गरेको छ ।

वि.सं.२०८३ साउन २१ बिहीवार १५:०९ मा प्रकाशित

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

काठमाडौँ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक जाम र...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...