back
CTIZAN AD

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

वि.सं.२०८३ साउन २१ बिहीवार

33 

shares

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी प्लान्ट) पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ। यसका लागि महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच सम्झौता भएको छ।

महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यवाहक प्रमुख डंगोलले सम्झौतापछि परियोजनालाई निर्धारित समयमै सञ्चालनमा ल्याई यसको दिगो व्यवस्थापन र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

उनले फोहोरलाई समस्या नभई स्रोतका रूपमा उपयोग गर्दै स्वच्छ, हरित र दिगो काठमाडौं निर्माणमा यो परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

सम्झौताअनुसार जैविक फोहोरलाई आधुनिक प्रविधिमार्फत प्रशोधन गरी बायोग्यास, विद्युत् ऊर्जा र जैविक मल उत्पादन गरिनेछ। यसबाट बढ्दो फोहोर व्यवस्थापनको समस्या समाधान हुनुका साथै नवीकरणीय ऊर्जाको उत्पादन र वातावरण संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

परियोजनामार्फत घरायसी, व्यावसायिक तथा संस्थागत स्रोतबाट निस्कने जैविक फोहोरलाई उपयोगमा ल्याई ऊर्जा उत्पादन गरिनेछ भने प्रशोधनपछि बाँकी रहने अवशेषलाई गुणस्तरीय जैविक मलका रूपमा प्रयोग गरिनेछ।

महानगरका अनुसार एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजनाअन्तर्गत २०७२ सालमा निर्माण सुरु गरिएको उक्त प्लान्ट २०७५ सालदेखि सञ्चालनमा आएको थियो।

प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ३ मेट्रिक टन जैविक फोहोर प्रशोधन गरी १४ किलोवाट बिजुली, ३०० किलोग्राम जैविक मल तथा १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने लक्ष्य राखिएको छ।

सम्बन्धित अधिकारीहरूले यो परियोजनाले ल्यान्डफिल साइटमा पुग्ने फोहोरको मात्रा घटाउने, हरितगृह ग्यास उत्सर्जन कम गर्ने तथा स्थानीय तहको फोहोर व्यवस्थापनलाई दिगो बनाउन सहयोग पुग्ने बताएका छन्।

सम्झौतापछि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरी आवश्यक प्राविधिक अध्ययन, लगानी व्यवस्थापन र निर्माण प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१२ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...