back
CTIZAN AD

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

वि.सं.२०८३ साउन २१ बिहीवार

24 

shares

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो ठुलोखोला जलविद्युत् आयोजनाको निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता सम्पन्न भएको छ।

मंगलबार सम्पन्न सम्झौताअनुसार चितवन इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित ४.७५ मेगावाट (प्रस्तावित ६.५१ मेगावाट) क्षमताको तल्लो ठुलोखोला जलविद्युत् आयोजनाका लागि कर्जा–स्वपुँजी अनुपात ७०:३० कायम रहने गरी नेपाल बैंकले आवश्यक कर्जा तथा अन्य वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडका सञ्चालक गोपाल प्रसाद तिवारीले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले परियोजनाको वित्तीय व्यवस्थापनका लागि नेपाल बैंकलाई विश्वास गरेकोमा चितवन इनर्जी लिमिटेडप्रति आभार व्यक्त गर्दै आयोजना सफलतापूर्वक निर्माण तथा सञ्चालनको शुभकामना दिए।

त्यसैगरी, चितवन इनर्जी लिमिटेडका सञ्चालक गोपाल प्रसाद तिवारीले परियोजनाको वित्तीय सहकार्यका लागि नेपाल बैंकप्रति धन्यवाद व्यक्त गर्दै आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वि.सं.२०८३ साउन २१ बिहीवार १५:३९ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...