back
CTIZAN AD

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

वि.सं.२०८३ साउन २१ बिहीवार

12 

shares
दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ । उहाँले निरन्तर १८ वर्षदेखि दाङमा च्याउखेती गर्दै आएको कारण आजकाल स्थानीयले उनलाई च्याउ दिदीका उपनामले चिन्ने गरेका हुन् ।
निरन्तर मेहनतका कारण च्याउ व्यवसायबाट तुलसा बुढामगरले   तुलसीपुर उपमहानगरपालिका–६ मा सन्तोषजनक आम्दानी गर्नुभएको छ । उहाँले रु करोडौँ जाने आकर्षक निवाससमेत निर्माण गरिसकिन।
सामान्य लेखपढ गरेकी बुढा च्याउखेतीमै रम्न थालेकी छिन्  । उनले  उद्योगमा दुई जनालाई रोजगारी दिनुका साथै खर्च कटाएर वार्षिक रु आठ लाख  बचत गर्नुहुन्छ ।
सानो माटोको कच्ची घर भाडामा लिएर च्याउखेती सुरु गर्नुभएकी उहाँ दाङको महिला उद्यममीका रुपमा चिरपरिचित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “च्याउखेतीबाट आर्थिक रुपमा सक्षम हुनुका साथै आत्मनिर्भर  बनेकी छु ।”
च्याउ बिक्रीबाट तुलसाले लाखाँै रुपैयाँ बचत गरी पक्की घर तथा सम्पती जोड्न सफल हुनुभएकोे छ । मगरले च्याउ, च्याउको अचार, सुकुटी विभिन्न मेला महोत्सवमा स्टल भाडामा लिएरसमेत बिक्री गरेकी छिन् ।
तुलसाले बजारमा ताजा च्याउ प्रतिकेजी रु २२०, सुकुटी रु ३०० देखि ३८० सम्म र अचार रु ५०० देखि ६०० मा बिक्री गर्छिन् । रु तीन लाँखबाट व्यवसाय सुरु भएको च्याउखेतीबाट रु एक करोड मूल्य बराबरको पक्की घर निर्माण गर्न सफल भएकी छन् तुलसा ।
निरन्तर च्याउ उत्पादनमा लागेकै कारण उहाँको मेहनतको कदर गर्दै साना तथा मझौला उद्योगले निःशुल्क च्याउ प्रशोधन मेसिन उपलब्ध गराएको छ ।
चितवनमा च्याउखेती देखेपछि आकर्षित भएकी तुलसा दुई सन्तानकी आमा हुन् । आमाको मेहनत र लगनशीलताले सन्तानलाई पनि मेहनत गर्ने आदत बसेको तुलसाले सुनाईन्. ।
गत वर्ष तुलसीपुर उपमहानगरपालिले उहाँलाई उत्कृष्ट महिला उद्यमी पुरस्कार पनि प्रदान गरेको थियो ।
च्याउ एक प्रकारको हरितकण नभएको ढुसी (फन्जाइ) हो । जुन ओसिलो र कुँहिएको वस्तुमा उम्रन्छ । नेपालमा कन्ये, गोब्रे र सीताकेजस्ता खानयोग्य च्याउको व्यावसायिक खेती गरिन्छ । तर, जङ्गली च्याउ खाँदा मानिसको मृत्युसमेत हुने गरेको छ ।

वि.सं.२०८३ साउन २१ बिहीवार १६:४७ मा प्रकाशित

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

काठमाडौँ । आगामी साताबाट सुरु हुन लागेको नेपालकै ठूलो मध्येको...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

काठमाडौँ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक जाम र...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...