back
CTIZAN AD

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

वि.सं.२०८३ साउन २१ बिहीवार

24 

shares

काठमाडौँ । आगामी साताबाट सुरु हुन लागेको नेपालकै ठूलो मध्येको एक ‘नाइमा मोविलिटी एक्स्पो–२०२६’ मा विद्युतीय सवारी प्रेमीहरूका लागि आकर्षक उपहार योजना घोषणा गरिएको छ ।

अथर इनर्जी नेपालले प्रदर्शनीमा आउने आगन्तुकहरूलाई लक्षित गर्दै लोकप्रिय मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्ने भएको हो ।

यस अभियानअन्तर्गत एक भाग्यशाली आगन्तुकले ब्रान्ड–न्यु अथर स्कूटर जित्ने अवसर प्राप्त गर्नेछन् । गत वर्ष आयोजित यस्तै अभियानमार्फत सालिक राम कँडेलले अथर रिज्दा जित्न सफल भएका थिए ।

आगामी साउन २६ गतेदेखि ३१ गतेसम्मसम्म सञ्चालन हुने यस प्रख्यात मोबिलिटी एक्स्पोमा हल सी अन्तर्गतको स्टल सि २ मा अथरको विशेष स्टल रहने आयोजकले जनाएको छ । गतवर्ष सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र अपार मायालाई मध्यनजर गर्दै कम्पनीले यसपटक पनि सामाजिक सञ्जालमा आधारित यस लोकप्रिय अभियानलाई निरन्तरता दिएको हो ।

कसरी हुने सहभागी ?
प्रतियोगितामा सहभागी हुन इच्छुक आगन्तुकले चारवटा सरल चरण पूरा गर्नुपर्नेछ । पहिलो चरण अन्तरगत अथर इनर्जी नेपालका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्नुपर्ने छ ।

त्यस्तै दोस्रो चरणमा नाइमा मोविलिटी एक्स्पो–२०२६ को हल सि, स्टल सि २ मा रहेको अथर स्टलमा पुग्ने र स्टलमा राखिएको अथर स्कुटरसँग एउटा आकर्षक फाटो खिच्ने ।

त्यसपछि चौथो तथा अन्तिम चरणमा उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै अथर इनर्जी नेपाल सहित थप दुईजना साथीहरूलाई ट्याग (मेन्सन) गर्ने ।

यी चारै चरण पूरा गर्ने सहभागीहरू स्वतः लक्की ड्रमा समावेश हुन पाउने छन् । प्रतियोगितमा सहभागि भएमध्ये एक जना भाग्यशाली विजेताको घोषणा गरिने आयोजकले जनाएको छ ।

विद्युतीय सवारीको भविष्यको अनुभव
आयोजकका अनुसार गिभअवेबाहेक, अथरको स्टललाई आगन्तुकहरूका लागि विशेष अनुभव केन्द्रको रूपमा डिजाइन गरिएको छ । यहाँ आगन्तुकहरूले अथरका नवीनतम प्रविधि, स्मार्ट फिचरहरू तथा इन्टेलिजेन्स इलेक्ट्रिक मोबिलिटी समाधानहरूको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । यसका अलवा, विभिन्न अन्तरक्रियात्मक डेमो र आकर्षक गतिविधिहरूमार्फत बजारको अग्रणी विद्युतीय स्कुटर ब्रान्डको बारेमा गहिरो जानकारी लिने अवसर पनि प्राप्त हुनेछ ।
विद्युतीय सवारीका पारखी, पहिलो पटक इभि खरिद गर्ने सोचमा रहेका वा स्मार्ट मोबिलिटीबारे चासो राख्ने सबैका लागि यो स्टल आकर्षणको केन्द्र बन्ने आयोजकको विश्वास छ । प्रदर्शनी अवधिभर हल सि, स्टल सि २ मा पुगी अथरको जादुई अनुभव लिन र नयाँ स्कुटर जित्ने अवसरको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ ।

वि.सं.२०८३ साउन २१ बिहीवार १७:०४ मा प्रकाशित

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...