back
CTIZAN AD

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

वि.सं.२०८३ भदौ १० बुधवार

15 

shares

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूले जोड दिएका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा दलका प्रमुख सचेतकहरूले सभामुखमार्फत रसुवा बाढी विपद्मा सरकारलाई तत्काल उद्धार, राहत र उपचारमा राज्यका सबै संयन्त्र परिचालन गर्ने ध्यानार्कषण गराउँदै राजनीतिक दल र सामाजिक सङ्घसंस्थासहित सिङ्गो समाजलाई विपद् व्यवस्थापनमा एकताबद्ध गर्ने आह्वान गरेका हुन।

उनीहरुले तत्कालीन राहतसँगै विपद्को पूर्वतयारी, जोखिम न्यूनीकरण, पुनर्निर्माण र जलवायु अनुकूलनलाई राज्यको दीर्घकालीन प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले विपद्का बेला राज्यले तत्काल प्रभावित क्षेत्रमा पुगेर नागरिकलाई सरकार आफ्नो साथमा रहेको अनुभूति गराउनुपर्ने बताए । उनले कांग्रेस पनि प्रभावित क्षेत्रमा पुगेर उद्धारमा सक्रिय रहेको उल्लेख गर्दै बेपत्ताको खोजी, घाइतेको उपचार, विस्थापित परिवारको सुरक्षा तथा प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री तत्काल पु¥याउन सरकारसँग आग्रह गरे ।

प्रमुख सचेतक थापाले भने, “विपद्को घडीमा राजनीति होइन, नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हो। उद्धार, राहत र उपचारका सम्पूर्ण संयन्त्र तत्काल परिचालन गरिनुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक ऐन महरले विपद्को सामना गर्न सरकारको अगुवाइमा सिङ्गो देश एक ठाउँमा उभिनुपर्ने बताए । एमाले यसका लागि तयार रहेको उल्लेख गर्दै उनले राहत तथा उद्धारका लागि सरकार सशक्त रूपमा परिचालित हुनुपर्ने र राजनीतिक दल, मानव अधिकारकर्मी, सङ्घसंस्था तथा भ्रातृ सङ्गठनलाई समेत राष्ट्रिय रूपमा आह्वान गरेर अघि बढ्न आग्रह गरिन । उनले उद्धार, राहत र घाइतेको उपचारको काम युद्धस्तरमा अघि बढाउनुपर्ने बताउँदै विपद्बाट भएको जनधनको क्षतिको यथार्थ मूल्याङ्कन गरी सार्वजनिक गर्न सरकारसँग माग गरे ।

प्रमुख सचेतक महरले भने, “सरकारको अगुवाइमा सिङ्गो देश एक ठाउँमा उभिनुपर्छ । राहत र उद्धारको काम युद्धस्तरमा अघि बढाउनुपर्छ ।” बाढी आउनुको कारण, पूर्वतयारीको अवस्था तथा कमजोरीको समेत यथार्थ जानकारी दिनुपर्ने उल्लेख गर्दै उनले पुनर्निर्माण र पुनःस्थापनाको काम अघि बढाउनुपर्ने तथा सदनबाट समवेदना प्रस्ताव पारित गर्नुपर्ने धारणा समेत राखे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक खुश्बु ओलीले विपद्को तत्कालीन उद्धार र राहतसँगै जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमलाई दीर्घकालीन रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिईन् । जलवायु परिवर्तन सिर्जना गर्न नेपालको योगदान नगण्य भए पनि हिमतालको जोखिम, बाढीपहिरो, हिमपहिरो तथा कृषि र पूर्वाधारमा हुने क्षतिको असर नेपालले भोगिरहेको उनको भनाइ थियो ।

उनले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, जोखिमयुक्त हिमतालको नियमित अनुगमन गर्ने, जलवायुप्रतिरोधी पूर्वाधार निर्माण गर्ने तथा जोखिममा रहेका बस्तीको पूर्वतयारी र सुरक्षित स्थानान्तरणमा राज्यले ध्यान दिनुपर्ने बताईन् ।

वि.सं.२०८३ भदौ १० बुधवार १५:३८ मा प्रकाशित

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...

बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाको माग

बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले...

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...