back
CTIZAN AD

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

वि.सं.२०८३ भदौ १० बुधवार

21 

shares

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका छन् ।

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट टुर्स एण्ड ट्राभलमार्फ ७१ जना, काठमाडौँ होलिडे टुर्स एण्ड ट्राभलमार्फत १७ जना, लिफ होलिडेमार्फत ५५ जना, कैलाश जर्नीमार्फत ३१ जना, एक्सप्लोर भ्याकेशनमार्फत सात जना, ट्रेकर सोसाइटीमार्फत ९२ जना घुम्न गएका थिए ।

यस्तै, रिचा टुर्स एण्ड ट्राभलमार्फत १२ जना, फिस्टेल टुर्स एण्ड ट्राभलमार्फत २७ जना, हिमालयन ग्यासियरमार्फत ५२ जना र अल्पाइन इको टे«कमार्फत २० जना भ्रमणमा रहेकोे नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरी चौकी र भन्सार कार्यालयमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ ।

नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्रि नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

वि.सं.२०८३ भदौ १० बुधवार १५:०४ मा प्रकाशित

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाको माग

बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले...

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...