back
CTIZAN AD

बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाको माग

वि.सं.२०८३ भदौ १० बुधवार

18 

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले रसुवालगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको बाढीलाई आवश्यकताअनुसार राष्ट्रिय विपद् घोषणा गरी उद्धार, राहत र पुनःस्थापनामा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले बाढीबाट हजारौँ नागरिक बेपत्ता भएको सूचना आएको र जलविद्युत् आयोजना, सुरक्षा निकायका पूर्वाधार, विद्यालय, बस्ती, बजार तथा पुलपुलेसामा ठूलो क्षति पुगेको बताए । उनले क्षतिको वास्तविक विवरण अझै पूर्ण रूपमा प्राप्त नभएको भन्दै अवस्था कल्पनाभन्दा बाहिरको रहेको बताए ।

मुख्य सचेतक बुर्लाकोटीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी पश्चिमलगायतका क्षेत्रमा बाढीको प्रभाव परेको जानकारी दिँदै प्रभावित क्षेत्रमा तत्काल उद्धार र स्वास्थ्य सेवा पु¥याउन सरकारलाई आग्रह गरे ।

गोरखाबाट गोसाइँकुण्ड यात्रामा गएका दुई माइक्रोबस र एक बसमध्ये ३६ जना सवार एउटा बस बाढीमा परेको सूचना प्राप्त भएको र त्यसमा मानवीय क्षति भएको जानकारी आफूले पाएको उहाँले बताउनुभयो । दोलखाबाट रसुवामा काम गर्न गएका नागरिकसमेत विपद्मा परेको सूचना प्राप्त भएको उनकोे भनाइ थियो ।

उनले प्रभावित क्षेत्रका सांसदहरू उद्धार तथा राहतमा प्रत्यक्ष सहभागी हुने विषयमा छलफल भइरहेको जानकारी दिँदै सरकार, राजनीतिक दल, सरकारी निकाय, सङ्घसंस्था तथा पूर्वसैनिक र पूर्वप्रहरीसहित सबै पक्षलाई उद्धार तथा राहतमा परिचालन गर्न आग्रह गरे ।

बुर्लाकोटीले राष्ट्रिय विपद् कोष सञ्चालन गर्न तथा आवश्यकता र औचित्यका आधारमा राष्ट्रिय विपद् घोषणा गर्नसमेत सरकारसँग माग गरे ।

साथै, विषम परिस्थितिमा मित्रराष्ट्रको सहयोगसमेत लिएर दीर्घकालीन विपद् व्यवस्थापन रणनीति बनाउनुपर्ने उनकोे भनाइ थियो । प्रतिनिधिसभाको बैठकमा आकस्मिक बैठक जारी छ ।

वि.सं.२०८३ भदौ १० बुधवार १४:५८ मा प्रकाशित

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...