काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई तीव्रता दिन हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएको छ ।
खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै सर्वसाधारण समेत खटिएका छन् भने हेलिकप्टरदेखि ड्रानेको सहायताबाट समेत खोजी तथा उद्धार सुरु गरिएको छ ।
प्रहरीले रसुवागढी भन्सार यार्ड र बाढी प्रभावित क्षेत्रमा पुरिएकाहरूको खोजी गर्न तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ ।जुन ठाउँमा कुकुरले मान्छे रहेको संकेत गर्छ त्याँहा खोजी तथा उद्धारको काम गरिने प्रहरीले बताएको छ ।
त्यस्तै नदी किनार तथा बाढी प्रभाविति क्षेत्रमा थुनिएका तथा हराइरहेका नागरिकहरूलाई खोज्न ड्रोन परिचालन गरिएको बताइएको छ ।
वि.सं.२०८३ भदौ १० बुधवार १५:२३ मा प्रकाशित






























