back
CTIZAN AD

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

वि.सं.२०८३ साउन २१ बिहीवार

87 

shares

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको नाफा र सम्पत्तिको गुणस्तरमामा गिरावट देखिएको हो ।

बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार गत आवमा बैंकको खुद नाफा २९.५२ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा बैंकले ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको व्यापारको आकार भने उल्लेख्य रूपमा विस्तार भएको छ । बैंकको निक्षेप सङ्कलन ३६ प्रतिशतले बढेर ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १६.५० प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

व्यापार बढे पनि आधार दर ७ प्रतिशतबाट घटेर ४.५६ प्रतिशतमा झरेका कारण बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँमा खुम्चिएको छ । यद्यपि, बैंकको खुद फि तथा कमिसन आम्दानी भने १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँबाट बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

कर्जा असुलीमा देखिएको सुस्तताका कारण बैंकको खराब कर्जा ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै सम्भावित जोखिम यावत् व्यवस्थापनका लागि रकम छुट्ट्याउनुपर्दा बैंकको सञ्चालन मुनाफा २४.३२ प्रतिशतले घटेर ३ अर्ब ९४ करोड ३६ लाख रुपैयाँमा झरेको छ ।

आम्दानी र नाफामा आएको गिरावटसँगै शेयरधनीलाई वितरण गर्ने बैंकको क्षमतामा ठूलो धक्का लागेको छ । बैंकको वितरणयोग्य मुनाफा ५५.१९ प्रतिशतले घटेर १ अर्ब २६ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा यस्तो मुनाफा २ अर्ब वित्तीय१ करोड ६६ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी, बैंकको प्रतिशेयर आम्दानी २४.५९ रुपैयाँबाट घटेर १६.११ रुपैयाँमा झरेको छ ।

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३८ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...