back
CTIZAN AD

सामुदायिक विद्यालयका शिक्षकको तलब कसको कति पुग्यो ?

वि.सं.२०८३ साउन २१ बिहीवार

36 

shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/ ८४ को बजेटमार्फत घोषणा गरेको तलब वृद्धि कार्यान्वयनमा ल्याएको छ। मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले साउन १ गतेदेखि लागू हुनेगरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा प्रोत्साहन भत्ता स्वीकृत गरेको हो।

सरकारले बढाएकाे नयाँ तलब अनुसार  माध्यामिक प्रथम श्रेणीको तलब ७४ हजार ९५८ पुगेको छ भने प्राथमिकको सबैभन्दा कम तहको शिक्षकको ३४ हजार ४२६ पुगेको छ ।

सरकारको निर्णयसँगै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबमानमा वृद्धि भएको छ। शिक्षकहरूले नयाँ तलबमान, एक दिनको तलब बराबरको ग्रेड रकम तथा वृद्धि भएको तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता प्राप्त गर्नेछन्।

नयाँ तलबमान यस्तो छ
माध्यमिक (प्रथम श्रेणी) ७४,९५८
माध्यमिक (द्वितीय श्रेणी) ६६,७०७
माध्यमिक (तृतीय श्रेणी) ६०,६७४
निम्न माध्यमिक (प्रथम श्रेणी) ६३,३०४
निम्न माध्यमिक (द्वितीय श्रेणी) ६०,६७४
निम्न माध्यमिक (तृतीय श्रेणी) ५८,३८७
प्राथमिक (एसएलसी उत्तीर्ण प्रथम श्रेणी) ६०,६७४
प्राथमिक (एसएलसी उत्तीर्ण द्वितीय श्रेणी) ५८,३८७
प्राथमिक (एसएलसी उत्तीर्ण तृतीय श्रेणी) ५४,४२६
प्राथमिक (दुई विषयमा एसएलसी उत्तीर्ण) ३६,४४४
प्राथमिक (दुई विषयभन्दा बढी एसएलसी उत्तीर्ण) ३४,४२६

वि.सं.२०८३ साउन २१ बिहीवार १३:२४ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...