back
CTIZAN AD

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

वि.सं.२०८३ साउन २१ बिहीवार

24 

shares

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण सार्वजानिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा नाफा, सञ्चालन क्षमता, निक्षेप, कर्जा, सम्पत्ति तथा लाभांश क्षमतामा उल्लेखनीय सुधार भएको देखिएको हो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंकको खुद नाफा ३३ प्रतिशतले बढेर ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको सञ्चालन मुनाफामा पनि २५ प्रतिशतको बढोत्तरी भई ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको समग्र वासलातको आकार १५ प्रतिशतले विस्तार भई ७ खर्ब ३४ अर्ब रुपैयाँ नाघेको छ ।

गत आवमा बैंकको कुल कर्जा प्रवाह १२.५२ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । यससँगै समग्र वाणिज्य बैंकहरूले प्रवाह गरेको कुल कर्जामा नबिल एक्लैको बजार हिस्सा ९ प्रतिशतभन्दा माथि पुगेको छ ।

यस्तै, बैंकको कुल निक्षेप सङ्कलन ६ खर्ब रुपैयाँको विन्दुमा पुगेको छ । कर्जा विस्तारसँगै बैंकको खुद ब्याज आम्दानी ४.२ प्रतिशतले बढेर १७ अर्ब रुपैयाँ नाघेको छ भने गैर–ब्याज आम्दानीमा आएको सुधारका कारण कुल सञ्चालन आम्दानी ६.३ प्रतिशतले वृद्धि भई २२ अर्ब रुपैयाँ माथि पुगेको छ ।

बैंकले सम्पत्तिको गुणस्तर सुधारमा उल्लेख्य प्रगति गरेको छ । कुल निष्क्रिय कर्जा ०.२८ प्रतिशत विन्दुले घटेर ४.२० प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा ०.५ प्रतिशतमा सीमित छ ।

बैंकले खराब कर्जाका लागि कुल निष्क्रिय कर्जाको करिब ११९ प्रतिशर्त प्रोभिजनिङ’ (कर्जा नोक्सानी व्यवस्था) गरेको छ, जसले सम्भावित वित्तीय जोखिमलाई सहजै धान्न सक्ने बलियो आधार देखाउँछ ।

आम्दानी र नाफामा आएको बढोत्तरीले बैंकको लाभांश वितरण क्षमतामा पनि व्यापक सुधार ल्याएको छ । सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३४ प्रतिशतले बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

यस अनुसार बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा १९ रुपैयाँ १० पैसा कायम भएको छ भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ३६ पैसा पुगेको छ । बैंकको विवरण अनुसार पूँजी पर्याप्तता, शेयरधनीको प्रतिफल ( तथा सम्पत्तिको प्रतिफल लगायतका प्रमुख वित्तीय सूचकहरूमा समेत उल्लेख्य सुधार आएको छ ।

 

वि.सं.२०८३ साउन २१ बिहीवार १२:५६ मा प्रकाशित

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...