back
CTIZAN AD

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

वि.सं.२०८३ साउन २१ बिहीवार

30 

shares

 

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत घोषणा गरिएको तलब वृद्धिअनुसार राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान तथा सुविधा स्वीकृत गरेको हो ।

नयाँ तलबमानअनुसार सबैभन्दा धेरै तलब थाप्नेमा राज्यको प्रशासनिक संयन्त्रको सर्वाेच्च पद मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापति छन् । उनीहरुको नयाँ मासिक तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ । यसअघि उनीहरूको सुरु तलबमान ८४ हजार ९३२ रुपैयाँ रहेको थियो ।

त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक (एआईजीपी) तथा नेपाल सरकारका सचिवको मासिक तलब ८४ हजार ५७६ रुपैयाँ कायम गरिएको छ ।

सरकारी सेवामा सबैभन्दा कम तलब पाउने प्रथमस्तरका कार्यालय सहयोगी  छन् । उनीहरुको कुल मासिक तलब २८ हजार ९८४ रुपैयाँ पुगेको छ ।

श्रेणीविहीन कर्मचारी (हल्कारा, हुलाकी तथा कार्यालय सहयोगी) को सुरु तलबमान २७ हजार १७२ रुपैयाँ रहेकामा ग्रेड रकम थपिएपछि कुल तलब २८ हजार ९८४ रुपैयाँ पुगेको हो ।

सरकारले नयाँ तलबमानसँगै कर्मचारीहरूलाई १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराउने व्यवस्था गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात् कायम हुने तलबमानको १० प्रतिशत रकम मासिक रूपमा प्रोत्साहन भत्ताका रूपमा प्रदान गरिनेछ ।

त्यस्तै सरकारले अवकाशप्राप्त कर्मचारीहरूको पेन्सन रकममा पनि १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ ।

 

वि.सं.२०८३ साउन २१ बिहीवार १२:११ मा प्रकाशित

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...