back
CTIZAN AD

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

वि.सं.२०८३ साउन २१ बिहीवार

24 

shares

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा।२ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएपछि दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका १० जनाको प्रहरीले उद्धार गरी उपचारका लागि बीएण्डबी अस्पताल पठाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदी का अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान सार्वजनिक गरिएको छैन।

प्रहरी वृत्त सातदोबाटोका डीएसपी वकिल सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक व्यवस्थापन गरेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५१ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...